MENU

अर्थ

Ncell Axiata
NIC Asia

आईएमईले मनायो १७ औँ वार्षिकोत्सव

काठमाडौं, जेठ ३१ – रेमिट्यान्स कम्पनी आईएमईले स्थापनाको १७ औँ वार्षिकोत्सव “१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूलनाराका साथ मनाएको छ ।

नेपालको प्रमुख रेमिट्यान्स कम्पनीको रुपमा स्थापित भएको आईएमईले मंगलबार विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिएका सेवाग्राहीहमध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्तगर्ने १७ गरी ३४ जना सेवाग्राहीलाई लक्कीड्र मार्फत विजेता घोषणा गरिएको थियो ।

आईएमईले नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी अहिले १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तिय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले कमाएको रकम आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट पुर्‍याउँदै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया