MENU

अर्थ

Ncell Axiata
NIC Asia

​कतारी रियालको मूल्य कमजोर, रिंगिट र दिर्हामको सटही दर स्थिर

काठमाडौं, जेठ ३१ – नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४० पैसा र विक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । 
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र विक्रिदर २८ रुपैयाँ २१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ११ पैसा र विक्रिदर २४ रुपैयाँ २५ पैसा रहेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १० पैसा र विक्रिदर ९ रुपैयाँ १५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ५७ पैसा छ भने विक्रिदर तीन सय ४० रुपैयाँ ५४ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ४२ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ०१ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया