MENU

बातावरण-कृषि

Ncell Axiata

लाङटाङमा तीन वटा हिमचितुवा भेटियो

रसुवा, जेठ ३१ – रसुवाको लाङटाङमा तीन वटा हिमचितुवा रहेको पाइएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार रसुवाको लाङटाङमा तीन वटा हिमचितुवा भेटिएको हो ।

पाँच वर्षदेखि टिमुरे हिउँ चितुवा संरक्षण उपसमिति र लाङटाङ हिउँ चितुवा संरक्षण उपसमितिले गरेको अनुगमनबाट लाङटाङमा हिमचितुवा रहेको तथ्य बाहिर आएको हो । उक्त क्षेत्रमा हिमचितुवा रहेको पाइएपछि हिमचितुवा संरक्षण कोषमा रहेको १० लाख रुपैयाँबाट आउने व्याज खर्च गरी हिमचितुवाको अबस्था र बासस्थानको बारेमा अनुगमन गर्ने गरेका छन् । 

लाङटाङ मध्यवर्ती उपभोक्ता समितिका टासी छिरिङ तामाङका अनुसार एक महिना अघि मात्र उक्त क्षेत्रमा हिमचितुवा कराएको आवाज समेत सुनिएको छ । उपसमितिले वार्षिक ३/४ पटक अनुगमन गर्ने गरेका लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाका आयोजना प्रवन्धक राई बहादुर राईले बताउनुभयो । 

हिमचितुवाको आहारा लाङटाङमा प्रशस्त पाइने र हिमचितुवाको सङ्ख्या कम भएका कारण मानवसँग द्वन्द्व भने नभएको कार्यालयले जनाएको छ । राईले भन्नुभयो ‘त्यसको मुख्य आहारा झारल र कस्तुरी प्रशस्त मात्रामा पाइन्छ । लाङटाङमा अहिले ३ सयको हाराहारीमा झारल पाइने अनुमान गरिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया