MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

वैज्ञानिकले बनाए सधैँ युवा देखिने औषधी, छालाको क्यान्सर पनि रोक्ने

काठमाडौं, जेठ ३१ – वैज्ञानिकले घामको किरणका कारण हुने छालाको क्यान्सर रोक्न सक्ने औषधिको विकास गरेका छन् । वैज्ञानिकले छालाको बाहिरी भागमा घामको नकारात्मक किरणलाई रोक्न सक्ने प्राकृतिक तह निर्माण गर्ने औषधि बनाएका हुन् ।  

नयाँ औषधिले हानिकारक विकिरणलाई रोक्ने तथा छालामा उमेरको प्रभाव कम गरी मानिसलाई युवा देखाइ रहन सहयोग गर्ने अपेक्षा गरिएको छ । 

छालाको नमुना तथा मुसामा गरिएको परीक्षणमा नयाँ औषधिको राम्रो प्रभाव देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । औषधि छालामा लगाएपछि घामबाट आएको प्रकाशसँग त्यसले रसायनिक प्रतिक्रिया गरी अल्ट्राभ्वाइलेट (युभी) रेडिएसनसहितका विकिरणलाई रोक्न सक्ने प्राकृतिक तह बनाउने अनुसन्धानमा संलग्न अमेरिकाको मासाचुसेट्स जनरल अस्पतालका वैज्ञानिकले बताएका छन् ।

यसले छालाको क्यान्सर तथा छालामा उमेरको प्रभाव (छाला बुढो हुन नदिने) रोक्न सहयोग गर्ने देखिएको अनुसन्धानमा संलग्न डा. डेविड फिशरले बताउनुभयो । यो औषधिले घाममा पर्ने बित्तिकै डढ्ने प्रकृतिको संवेदनशील छाला भएका व्यक्तिमा पनि काम गर्ने देखिएको छ । 

औषधि छालामा लगाएपछि त्यसले प्राकृतिक तह बनाउने र त्यस्तो तह युभी विकिरणसहितका हानिकारक विकिरण रोक्न सफल देखिएको सेल रिपोर्टस् जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यो औषधिलाई अहिले घामको विकिरणबाट बच्न प्रयोग गरिँदै आएका विभिन्न क्रिममा समायोजन गर्न सकिए प्रभावकारी हुने वैज्ञानिकको भनाई छ । तर औषधि अहिले पनि परीक्षणकै क्रममा रहेको र यसको सुरक्षित प्रयोगका लागि अझै परीक्षणको खाँचो रहेको डा. फिशरले बताउनुभयो । 

अहिलेसम्मको परीक्षणको क्रममा औषधिको नकारात्मक प्रभाव भने फेला नपरेको उहाँको भनाई छ । युभीसहित घामबाट आउने विभिन्न विकिरणका कारण मानिसमा छालाको क्यान्सरको खतरा रहन्छ । 

- मूल लेख बिबिसी अंग्रेजीमा प्रकाशित छ  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया