MENU

अर्थ

Ncell Axiata

एनसेलको नयाँ योजना : ‘वानप्लान’मा डेटा, भ्वाइस र एसएमएस

काठमाडौं, जेठ ३१ – एनसेलले नयाँ योजना साप्ताहिक ‘वानप्लान’ कम्बो प्याक ल्याएको छ । यसअन्तर्गत ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवा लिन सक्ने भएका छन् ।   

बिहीबारदेखि लागु हुने वान प्लान प्याक एनसेलका सबै प्रिपेड र पोष्टपेड ग्राहकका लागि मान्य हुने एनसेलले जनाएको छ । यसकासाथै योजनाअन्तर्गत प्याक सुचारु गर्ने ग्राहकले एक हप्तासम्म योण्डर म्युजिक एपमा निःशुल्क अनलाइन गीत संगीत सुन्न सक्नेछन् । 

वानप्लान योजनाअन्र्तगत, एनसेलका ग्राहकले आफ्नो आवश्यकताअनुसार वानप्लान १ सय ५०, वानप्लान ३ सय र वानप्लान ५ सय गरी तीन वटा प्याकहरु लिन सक्नेछन् । 

वानप्लान १ सय ५० प्याकमा एक हप्ताको प्याक १ सय ५० रुपैयाँमा लिएर ५ सय एमबी डेटा, १ सय मिनेट अन नेट टक टाइम र २ सय वटा अन नेट एसएमएस सेवा लिन सक्नेछन् । त्यस्तै वान प्लान ३ सय अन्तर्गत ग्राहकले ३ सय रुपैयाँमा १५ सय एमबी डेटा, ३ सय मिनेट अन नेट टक टाइम र ६ सयवटा अन नेट एसएमएस पाउने छन्् ।

वान प्लान ५ सय अन्तर्गत ५ सय रुपैयाँमा ३ हजार एमबी डेटा, ६ सय मिनेट अन नेट टक टाइम र १२ सय वटा अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् । वान प्लान योजना अन्तर्गत कुनै पनि प्याक सुचारु गरेका ग्राहकले एक हप्तासम्म योण्डर म्युजिकमा निःशुल्क अनलाइन गीत सुन्न सक्नेछन् । योण्डर म्युजिक एप १५ हजारभन्दा बढी नेपाली गीत संगीतसहित २ करोडभन्दा बढी गीतहरु समावेश गरिएको डिजिटल म्युजिक लाइब्रेरी हो । 

वान प्लान प्याकले दिने लाभबाट फाइदा लिनका लागि ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी त्यसपछि अंग्रजी अंक ४ (फोर) थिचेर आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार प्याकहरु जति पटक पनि कुनै पनि वान प्लान प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । 

प्याक अन्र्तगत प्राप्त सेवाहरु एक हप्ताभित्रै प्रगोग गरी सक्नुपर्नेछ । अफर लागु भएको दिन देखि ३० दिनको लागि मान्य हुने एनसेलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम पनि उकालो लाग्दै

    काठमाडौं, कात्तिक १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया