MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

जैविक विधिता सूचना केन्द्र पर्यटकको पर्खाइमा

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, असार १ – पूर्वपश्चिम राजमार्गसँगै जोडिएको छ । दैनिक सयौं पर्यटक त्यही बाटो भएर हिँड्छन् । सौराहाबाट धेरै पर्यटक दैनिक नजिकै रहेको बिसहजारी तालमा घुम्न आउँछन् । तर नजिकै रहेको ‘जैविक विविधता सूचना केन्द्र’ मा कोही जाँदैनन् । 

पूर्वपश्चिम राजमार्गसँगै जोडिएका चितवनको रत्ननगर–९ टिकौलीमा रहेको ‘जैविक विविधता सूचना केन्द्र’ ओझेलमा परेको छ । नेपालकै तेस्रो पर्यटकीय केन्द्र मानिएको सौराहाको नजिकमै रहेको सूचना केन्द्रमा पर्याप्त अवलोकनकर्ता नआउँदा सञ्चालन गर्न समेत कठिनाई भएको छ । 

५५ लाख रुपैयाँको लगानीमा बनाइएको जैविक विविधता सूचना केन्द्र अवलोकनकर्ताबाट लिइने प्रवेश शुल्क बाहेक अरु आम्दानीको स्रोत नभएकोले अवलोकनकर्ता नै नआएपछि सञ्चालनमा कठिनाई देखिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा वर्षेनी एक लाख भन्दा बढी पर्यटक पुगे पनि आवश्यक प्रचार प्रसार र समन्वय नहुँदा सौराहा जाने बाटोमै रहेको जैविक विविधता सूचना केन्द्रमा भने एक वर्षमा मुस्किलले दुई सय पर्यटक पुग्ने गरेका छन् । नारायणगढ र नेपालको तेस्रो पर्यटकीय केन्द्र सौराहाबाट १०/१० किलो मिटरको दुरीमा रहेको सूचना केन्द्र विश्व रामसार सूचिमा सूचिकृत बिसहजारी ताल जाने बाटो नजिकै रहेको छ । 

अहिलेसम्म सूचना केन्द्र नजिक रहेका टिकौली मध्यवर्ती सामुदायिक वन र पञ्चकन्या सामुदायिक वनले आफ्नो आम्दानीको केही रकम उपलब्ध गराएर सूचना केन्द्र सञ्चालन गर्दै आएका छन् ।

रामेछाप जिल्लाको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका जैविक विविधता तथा वन्यजन्तु संरक्षणमा कहलिएका वन मन्त्रालयका पदाधिकारी, डब्लुडब्लुएफ नेपालका विज्ञ लगायत २४ जनाको स्मृतिमा तराई भूपरिधी कार्यक्रम (ताल) मार्फत डब्लुडब्लुएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सूचना केन्द्र निर्माण गरिएकोे हो ।

नेपालकै एक मात्र सशस्त्र वन रक्षक तालिम केन्द्र र आखेटोपहार सङ्कलन तथा संरक्षण केन्द्रसँगै जोडिएर रहेको सूचना केन्द्रमा विश्वमै दुर्लभ मानिएका वन्य जन्तुका हाड, छाला, सिङ्ग, खुर जस्ता अवशेष संकलन गरी राखिएको छ । गैँडा, बाघ, हात्ती, जरायो, गौरीगाई, निलगाई, गोहीलगायत जिवजन्तुको अवशेषसँगै ती वन्यजन्तुका बिभिन्न पक्षको जानकारी पनि सूचना केन्द्रमा राखिएको छ । 

२०६३ असोज ७ गते रामेछाप जिल्लाको घुन्सा पहाडमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाल र अन्य विभिन्न देशका संरक्षणकर्मी तथा विज्ञ विशेषज्ञको स्मृतिमा निर्माण गरिएको यो सूचना केन्द्रमा उनीहरुको योगदानका बारेमा पनि जान्न सकिन्छ । सूचना केन्द्रमा नेपालका वन जङ्गलमा पाइने दुर्लभ वनस्पति र जडिबुटीको बारेमा जानकारी लिन सकिन्छ । 

नेपालका निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, सङ्कटको सूचिमा रहेका नेपालमा पाइने वन्यजन्तु तथा पक्षी बारेका जानकारी पनि सूचना केन्द्रबाट लिन सकिन्छ । सूचना केन्द्रमा पर्यटक कम आएको बताउँदै कार्यालय सहायक सुनिता घिमिरेले सरोकारवालाले यसको व्यवस्थापन र प्रचारमा ध्यान दिन सके राम्रो हुने बताउनुभयो । 

२०६३ चैत ९ गते समुदायमा हस्तान्तरण भएको सूचना केन्द्रमा टिकौली मध्यवर्ती सामुदायिक वनबाट दुई, पञ्चकन्या सामुदायिक वनबाट दुई र सशस्त्र वन रक्षक तालिम केन्द्रबाट एकजना सरकारी प्रतिनिधि रहने गरी सञ्चालक समिति निर्माण गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मरेका १८ वटा बाख्रा नियन्त्रणमा, व्यवसायी पक्राउ

    काठमाडौं, असार १२ – काठमाडौं उपत्यकामा मरेका १८ वटा बाख्रा भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

  • ५ तस्बिरमा हेर्नुहोस् खोटाङमा ५ दिन अघि नै धान दिवस

    खोटाङ, असार १० – खोटाङमा पाँच दिन अगावै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

  • तरकारी खेतीले आत्मनिर्भर बनायो

    डीबी विष्ट/उज्यालो । बझाङ, असार १० – केही वर्षअघि छोराछोरी बिरामी हुदाँ चार पाँच सय ऋण निकालेर अस्पताल हिँडेको सम्झना गर्ने थलारा गाउँपालिका पिखेतकी शिवजला थापा अहिले तरकारी खेतीबाट आत्म निर्भर हुनुभएको छ ।

  • रसुवामा २० हजार अलैचीको बिरुवामा वितरण गरिँदै

    रसुवा, असार ९ – रसुवामा २० हजार अलैचीको बिरुवा वितरण सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय रसुवाले कृषि राहत कार्यक्रम अन्तर्गत अलैची, कागती, सुन्तला र अम्बाको बिरुवा वितरण गर्न कार्य सुरु गरेको हो ।

  • सरकारी रकमको दुरुपयोग : ९ किलोको बोकाको कानमा १८ किलोको ट्याग !

    जिल्ला पशु सेवा कार्यालय रामेछापले सरकारी अनुदानको रकम दुरुपयोग गरेको छ । सरकारी नियमअनुसार व्यावसायिक वाख्रापालक कृषकले १६ देखि १८ किलो तौलको बोका अनिवार्य खरिद गरी कार्यालयमा पेश गर्नु पर्ने र त्यही आधारमा प्रति कृषक १५ हजार रुपैयाँ नगद भुक्तानी गर्ने निर्णय भएको थियो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया