MENU

बातावरण-कृषि

Ncell Axiata

बाँदरले खाएको मकैको खोस्टा र खोयाको माला लगाएर किसान सिडिओ कार्यालयमा

सीताराम अधिकारी/उज्यालो । 

धादिङ, जेठ ३१ – बाँदरले हैरान पारेपछि धादिङको निलकण्ठ नगरपालिकाका किसान बुधबार मकैको खोस्टा नै बोकेर प्रमुख जिल्ला अधिकारीको कार्यालय पुगे । बाँदर नियन्त्रणको माग गर्दै  प्रमुख जिल्ला अधिकारी महेश आचार्यलाई ज्ञापनपत्र बुझाए । बाँदरले खाएको मकैको घोगा नै लगाएर आएका किसानले बाँदरले हरेक वर्ष मकै बाली खाएर आफूहरु भोकभोकै परेको भन्दै प्रजिअ आचार्यलाई ज्ञपनपत्र बुझाएका हुन् ।

पाँच वर्षदेखि बाँदर नियन्त्रण गर्न वन कार्यालयसँग माग गरेपनि जिल्ला वन कार्यालयले बेवास्ता गरेको किसानको गुनासो छ । बाँदर आतंकले आफूहरु बाँच्न नसक्ने भएकोले नियन्त्रणका लागि सहयोग खोज्दै आएको तिलप्रसाद लम्सालले बताउनुभयो । 

नीलकण्ठ नगरपालिका–९ धारापानी, ज्यामिरे, पाल्पाथोक, धौखोला लगायत बस्तीका भण्डै ४ सय ५० घरले लगाएको मकैवाली बाँदरले सखाप पारेको गाउँलेको भनाई छ । बाँदरले खाएको मकै लिएर किसानले सदरमुकाममा नाराजुलुस समेत गरेका थिए । बाँदरले खाएको मकैको खोस्टा र खोयाको माला लगाएर उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला पशुसेवा कार्यालय र जिल्ला कृषि विकास कार्यालयमा बाँदर नियन्त्रण गर्न माग गरे । 

एक हजारको संख्यामा बाँदरहरु रहेको र यसको नियन्त्रण गर्न सरकारले टोली खटाउनु पर्ने, यदि नसक्ने भए बाँदर मार्न अनुमति दिनुपर्ने र बाँदरले मकै खाएकोले यसको सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेको बाँदर पीडित किसान रामहरि लम्सालले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यो वर्षको मनसुन सकियो

    काठमाडौं, असोज ३१ – यो वर्षको मनुसन सकिएको छ । यो वर्ष २३ दिन ढिलो गरी मनसुन सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन ढिला गरी जेठ १२ गते सुरु भएको मनसुन २३ दिन लम्बिएको हो ।

  • तेह्रथुमबाट १४ करोडको तरकारी निर्यात

    तेह्रथुम, असोज ३० – पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट आर्थिक वर्ष २०७३/०७४ मा झण्डै १४ करोड रुपैयाँ बराबरको तरकारी निर्यात भएको छ ।

  • भारतीय आयातित माछाले नेपाली किसानलाई समस्या

    मोरङ, असोज २९ – माछा उत्पादक किसानको समस्याको रुपमा भारतीय आयातित माछा रहेको किसानरुले बताएका छन् । भारतबाट माछा आयात हुँदा नेपाली किसान प्रत्यक्ष मारमा पर्दै आएको भए पनि त्यसलाई बिस्थापनको लागि अझै पहल नभएको बताएका हुन ।

  • तेह्रथुमबाट साढे चार करोड रुपैयाँको अदुवा निर्यात

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज २९ – तेह्रथुमबाट आर्थिक वर्ष २०७३÷०७४ मा साढे चार करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार वर्ष ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको हो ।

  • काठमाडौं उपत्यकाबाट ४१ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौं, असोज २८ – काठमाडौं उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया