MENU

विज्ञान प्रविधि

Ncell Axiata

फेसबुकमा नयाँ फिचर

असर १ – फेसबुकमा नयाँ फिचर थप भएको छ । अब फेसबुकमा कमेन्ट गर्दा जिआइएफ पिक्चर पनि राख्न मिल्ने भएको छ । महिनौं लामो परीक्षणपछि सामाजिक सञ्जाल फेसबुकले जिआइएफ कमेन्टमा राख्न मिल्ने घोषणा गरेको हो । यो सेवा बिहीबारदेखि सुरु भएको हो । अब जो कोहीले पनि फेसबुक कमेन्टमा जिआइएफ बटनको प्रयोग गरी जिआइएफ पिक्चर राख्न सक्नेछन् । फेसबुक म्यासेन्जरमा च्याट गर्दा यसअघि जिआइएफ प्रयोग गर्न सकिन्थ्यो ।

अब फेसबुक कमेन्टमा पनि जिआइएफ प्रयोग गर्न सकिने भएको हो । फेसबुकले गिफी, टेनोर, डिज्नीसहितका जिआइएफ पाट्नरसँग मिलेर कमेन्टका लागि जिआइएफको व्यवस्था गरेको हो । तर आफूले अन्त कतैबाट खोजेको वा आफूले बनाएको जिआइएफ भने पोस्ट गर्न पाईंदैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • गुगल कम्पनीमा खलबली, कारण के ?

    साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।

  • पार्किन्सनको उपचारमा नयाँ सम्भावना : फैलिनबाट रोक्न सकिने

    साउन २१ – पार्किन्सन रोग फैलिनबाट रोक्न सकिने एक अध्ययनले देखाएको छ । मधुमेह रोगको उपचारका लागि प्रयोग गरिने औषधिको प्रयोग गरेर पार्किन्सन रोग थप बिस्तार हुनबाट रोक्न सकिने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

  • वंशाणुगत रोगबाट छुट्कारा पाउने उपाय, डिएनए एडिटिङ

    साउन १९ – भ्रुणको डिएनएमा गरिने सामान्य परिवर्तनबाट वंशाणुगत रुपमा लाग्ने रोगबाट जोगिन सकिने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले पहिलोपटक एक भ्रुणको डिएनएमा रहेको मुटु सम्बन्धी रोगको वंशाणुगत अवगुण हटाएका छन् ।

  • दक्षिण एसियामा तापक्रम बृद्धिको असर: मानिस बाँच्नै नसक्ने गरी गर्मी बढ्ने चेतावनी

    दक्षिण एसियामा गर्मी तथा आद्रता अस्वभाविक रुपमा बढ्दै गएको र यसका कारण दशौंलाख मानिस प्रभावित हुने देखिएको छ । नयाँ अध्ययन अनुसार विश्वव्यापी रुपमा भइरहेको तापक्रम बृद्धिले गर्दा दक्षिण एसियाली क्षेत्र बढी प्रभावित हुने देखिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया