MENU

विचार/अनुभूति

भारतले जित्ला कि हार्ला ?

लक्ष्मण कार्की –

जत्रो लक्ष्य लियो त्यसले दिने दबाब र तनाब पनि उत्रैै हुन्छ । जस्तो भारतको क्रिकेटलाई हेरौं । च्याम्पियन्स ट्रफी बोकेर मात्र घर आउने लक्ष्य लिएर बेलायत उडेको भारत समूह चरणको खड्गो नै काट्दैन कि भनेजस्तो अवस्थामा पुग्यो ।

धरमरको त्यो अवस्थामा टिमप्रतिका टिप्पणीलाई मात्र हेर्दा पनि त्यसले कति दबाब र तनाव दिएको थियो भन्ने बुझ्न सकिन्छ । सजिलै अन्तिम चारमा पुग्ला भन्ठानिएको टिम अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराउँदा मात्र सेमिफाइनलमा पुग्ने अवस्था आउँदा टिमप्रतिको टिप्पणी खेलाडी र कप्तान हुँदै कोचसम्म पुगेको थियो । 

तर उस्तै अवस्थाबाट गुज्रिएको बंगलादेशी टिमबारे त्यस्तो खासै केही सुनिएन । यसको मुख्य कारण हो बंगलादेशले उपाधिको खास्सै आशा नगर्नु । समूह चरणबाटै घर फर्किनुपर्ला भनेर खेलाडीका आफन्त नै घर फर्किसकेको अवस्थामा अन्तिम चारमा छानिनु बंगलादेशी टिमका लागि बोनश जस्तो थियो शायद । 

भन्ने गरिन्छ कि क्रिकेटमा रुची राख्ने मान्छे कि त भारतको समर्थक हुनुहुन्छ कि त विरोधी । यी दुई कित्ताबाहेकका क्रिकेट समर्थक आक्कलझुक्कल मात्र भेटिन्छन् । भारतको हार वा जितको कुरामा उसको क्रिकेटसँगै राजनीति पनि घुस्ने गर्छ ÷घुसाइने गरिन्छ । 

त्यही भएर भारतको खेल हुने दिन क्रिकेट समर्थक कि त उसले जितोस् भनेर कामना गरिरहेकोमा हुन्छन् कि त उसको हारका लागि गच्छे अनुसारको धुपध्वाँर गरिरहेका हुन्छन् ।

आज त्यस्तै मध्येको एक दिन हो । जहाँ कि त भारतको जितको कि त हारको कामना हुनेछ । भातरको हारको भन्नाले बंगलादेशको जितको कामना भनेर बुझेपनि हुन्छ । आजको खेलमा जसले जिते नि जितोस् भन्ने कमै मात्र छन् । 

खेल त्यसमा पनि क्रिकेटको कुनै भर हुँदैन । तर, यो भन्न सकिन्छ कि क्रिकेटमा भारत र बंगलादेशभन्दा माथि छ, शायद निकै माथि । तर यसपटक च्याम्पियन्स ट्रफीमा त्यस्ता नपत्याउँदा नतिजा आइरहेका छन् । जस्तो कि उपाधि नै जित्ने ठानिएको इंग्ल्याण्ड सेमिफाइनलमै थन्किनु । दक्षिण अफ्रिका र न्युजिल्याण्ड मात्र होइन अझै बलियो ठानिएको अष्ट्रेलिया समूह चरणबाटै घर फर्किनु । भारतलाई ३ सय १२ रनको लक्ष्य चेज गर्दै श्रीलंकाले हराउनु आदि । 

भारत र बंगलादेशको क्रिकेटको कुरा गर्दा सन् २००७ को मार्च १७ तारिखको सम्झना सँधै हुन्छ । जुन दिन बंगलादेशले भारतलाई हराएर इतिहास रचेको थियो । टिनएजर्स मै रहेका वा भर्खर त्यो खुड्किलो पार गरेका खेलाडी रहेको बंगलादेशले एक से एक भेट्रानले भरिएको भारतलाई तिरिमिरी बनाइदिएको थियो ।

राहुल द्रविडको कप्तानीमा रहेको भारतीय टिममा सचिन तेन्दुल्कर, सौरभ गांगुुली, वीरेन्द्र सेहवाग, जाहिर खान, रोविन उथप्पा, मुनाफ पटेल हरभजन सिंह, र अजित अगरकर जस्ता अन्तराष्ट्रिय क्रिकेटका हस्ती थिए । अर्कातिर भर्खरै विश्वकप क्रिकेटको अनुभव बटुल्दै गरेका खेलाडी रहेको टिम बंगलादेश थियो ।

यो खेलमा भारतले बंगलादेशसंग १ सय ९१ रन मात्र बनाउन सक्यो । जुन लक्ष्य ४८ ओभर ३ बलमा बंगलादेशले ५ विकेट गुमाएर भेट्टायो । १८ बर्षका तमिम इकवाल, २० वर्षका मुसफिकुर रहिम, र बिसै वर्षका सकिब अल हसनले अर्धशतक पुरा गर्दै सनसनी मच्चाएका थिए । 

सौरभ गांगुलीले ढिलो गतिमा बनाएको ६७, युवराज सिंहको ४७, जाहिर खानको नटआउट १५ र राहुल द्रविडको १४ रन बाहेक अरु कसैले पनि दोहोरो अंक छुन सकेका थिएनन् । बंगलादेशका मासराफे मोर्तजाले ४ तथा अब्दुर रज्जाक र मोहम्मद रफिकले तीन÷तीन विकेट लिएका थिए । 

आजको खेलमा भारतकै पल्ला भारी छ । यसको मुख्य आधार भारतको प्रदर्शनको विश्लेषण नै हो । तर खेल त्यसमापनि क्रिकेटबारे कुनै अनुमान गर्न हतार हुनेछ । किनपनि भने अहिलेको भन्दा बलियो टिम रहेको सन २००७ को भारतलाई अहिलेको भन्दा शायद कमजोर रहेको बंगलादेशले हारको स्वाद चखाइसकेको छ । 

भारतले बंगलादेशसंग खेलेपिच्छे समर्थकहरु इतिहास सम्झिन्छन् र आफ्नो जितको गर्विलो रेकर्डमा दंग पर्छन् । तर भारतले हारोस् भन्नेहरु बंगलादेशले हराएको त्यो एउटा खेल सम्झिन्छन् र भन्छन् इतिहास त भारतले हारेको पनि त छ नि । यसपटक भारतले हारोस् भन्ने कोटीका समर्थकका लागि दुई वटा विकल्प छन् । पहिलो आजै हारोस्, र दोश्रो आज हारेन भने फाइनलमा हारोस् । फाइनल अर्थात पाकिस्तानसँग । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया