MENU

समाज

Ncell Axiata

कक्षा ११ को परीक्षा दिँदै किरियापुत्री

दाङ, असार १ – राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि सञ्चालन गरेको कक्षा ११ को परीक्षामा दाङमा एक जना किरियापुत्रीले परीक्षा दिएका छन् ।गुरु जजुर माद्यामिक विद्यालय तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर केन्द्रमा किरियापुत्री सोनु डाँगी परीक्षामा सामेल भएका हुन् । उनी गुरु जजुर मावि रक्षाचौरमा कक्षा ११ मा शिक्षा संकायमा अध्ययनरत छात्र हुन् । 

सोनु डांगीको परीक्षा केन्द्र सेन्टर मावि तुलसीपुरमा भएपनि उनको विषेश आग्रहमा राष्ट्रिय परीक्षा बोर्ड दाङ कार्यालय घोराहीको सहमतिमा उनी गुरु जजुर केन्द्रबाट नै परीक्षामा सामेल भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–३ निवासी उनका बुवा लोक बहादुर डांगीको जेठ २९ गते ज्यान गएपछि किरियामै बसेका बेला परीक्षा दिएको स्थानीय बासिन्दा ध्रुवराज न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिहारको लागि माटो लिन जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

    सप्तरी, असोज ३१ – तिहारको लागि घर आँगन लिपपोत गर्नका लागि माटो लिन गएकी सप्तरीको बेल्ही चपेना गाउँपालिका वडा न. ४ की एक महिलाको मंगलबार बेलुका माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ ।

  • डोटी बस दुर्घटना : ३ जनाको मृत्यु, २४ घाइते

    डडेल्धुरा, असोज ३१ – भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घोरणीमा दुई यात्रुवाहक बस ठोक्किँदा ३ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।

  • यी हुन् बालकलाई गोली हान्ने ३ अभियुक्त

    सोलुखुम्बु, असोज ३१ – जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले १३ वर्षका बालकलाई भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका व्यक्तिहरुलाई मगंलबार सार्वजनिक गरेको छ ।

  • जता गए पनि नेपाली पर्यटक : होटल र पर्यटन व्यावसायीलाई मालामाल

    स्वर्गकी अप्सरा उपनामले चिनिने रारामा २/३ वर्षअघिसम्म नेपालीहरु खासै देखिँदैनथे । रारा नेपालीको पहुँचबाट टाढै छ भन्ने मान्यता थियो । तर अहिले दसैँपछि मात्रै ५ हजार भन्दा धेरै नेपाली राराताल पुगेका छन् । जबकी विदेशी पर्यटकको संख्या ५ सय पनि पुगेको छैन् ।

  • कैदीलाई कारागारमै टिभी

    लमजुङ, असोज ३१ – जिल्ला कारागार लमजुङमा रहेका कैदीबन्दीलाई टेलिभिजन प्रदान गरिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई सुसूचित गराउन दुई वटा टेलिभिजन प्रदान गरिएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया