MENU

अर्थ

Ncell Axiata
NIC Asia

असार ५ गतेबाट मोवाइल मेला लाग्ने

काठमाडौं, असार १ – असार ५ गतेदेखि काठमाडौंमा मोवाइल मेला लाग्ने भएको छ । नेपालमै पहिलो पटक फरक अवधारणामा असार ५ गतेबाट सञ्चालनमा आउन लागेको यो मोबाइल मेलामा ६० मिनेटमा मोबाइल मर्मत सेवा, मोबाइल सट्टापट्टा र टच एण्ड फिल जोनको सुबिधा पनि रहेको छ । 

५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरिद गर्दा क्लब डेजाभुको १ वर्षको लागि प्रिभिलेज कार्ड पाइने मेला आयोजक के एल मोवाइल हवले जानकारी दिएको छ । १५ दिन सम्म मोबाइल हबमा चल्ने मोबाइल मेलाका अवलोकनकर्ताबिच लक्की ड्र गरिने र भाग्यशाली अबलोकनकर्तालाइ मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको छ । 

विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने दिइन् छ । जसमा मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो र ओबिआइका टच एण्ड फिल काउन्टर समेत रहने ञ्ंचालक संगम राइले बताउनुभयो । मोबाइल हबले सञ्चालन गर्ने मेलाको अवसरमा विभिन्न मोबाइल कम्पनीहरुले बिशेष छुट पनि दिने भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया