MENU

बातावरण-कृषि

Ncell Axiata

दूध बेचेर महिनाकाे असी हजार आम्दानी

पाल्पा, असार १ - रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । 

जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन सुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । जागिरमा मात्र आवद्ध रहँदा घरव्यवहार चलाउन निकै समस्या झेल्नुभएका ढुङ्गानाले अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । 

पाँच वर्षसम्म शिक्षण पेसाको अनुभव लिनुभएका ढुङ्गानाले जागिर छाडेपछि एउटा स्थानीय जातको गाईबाट व्यवसाय थाल्नुुभएको हो । उहाँको फार्ममा अहिले उन्नत जातका १० वटा गाई र दुई वटा बाच्छा छन् । दैनिक ५० लिटर दूध उत्पादन हुन्छ । 

‘जागिरले दैनिक गुजारा चलाउन निकै धौ धौ परेको थियो, छोरा छोरीको पढाइ खर्च जुटाउन समस्या भएपछि जागिर छोडेर गाईपालन सुरु गरेको हुँ’ उहाँले भन्नुभयो । अहिले घरमै बसीबसी मासिक रु ७० हजारदेखि रु ८० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले घरबाटै दूध बिक्री गरिरहनुभएको छ । 

एउटा गाईबाट आठ लिटरसम्म दूध उत्पादन हुन्छ ढुङ्गानाले भन्नुभयो । गाईफार्म सँगसँगै दिनभरको फुर्सदको समयलाई उहाँले सदुपयोग गर्न तरकारीखेती समेत गर्दै आउनुभएको छ । उहाँ कृषि क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रका समेत उत्तिकै सक्रिय हुनुहुन्छ । 

ढुङ्गानाले मकै बालीमा राष्ट्रियस्तरको दोस्रो पुरस्कार समेत प्राप्त गर्नुभएको छ । व्यवसायलाई निरन्तरता दिने उहाँको अठोट छ । उन्नत जातका गाई पाल्ने उहाँले सोच बनाउनुभएको छ । उहाँको व्यवसाय देखेपछि गाउँका अन्यले समेत गाईपालन थालेका छन् । जागिरे जीवन बन्धन र परिवारको गुजारा चलाउन नपुग्ने तलबमा भुलेर समय बिताउनुभन्दा कृषि व्यवसाय गरेर आफ्नै मेहनत र पाखुरीमा रमाउन सबैलाई उहाँ सुझाव दिनुहुन्छ । 

स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका ढुङ्गानाले शिक्षित युवालाई जागिरमा सीमित रहनुभन्दा व्यवसाय गरेर नमुना उद्यमी बन्न हौसला प्रदान गर्दै आउनुभएको छ ।

रासस 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यो वर्षको मनसुन सकियो

    काठमाडौं, असोज ३१ – यो वर्षको मनुसन सकिएको छ । यो वर्ष २३ दिन ढिलो गरी मनसुन सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन ढिला गरी जेठ १२ गते सुरु भएको मनसुन २३ दिन लम्बिएको हो ।

  • तेह्रथुमबाट १४ करोडको तरकारी निर्यात

    तेह्रथुम, असोज ३० – पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट आर्थिक वर्ष २०७३/०७४ मा झण्डै १४ करोड रुपैयाँ बराबरको तरकारी निर्यात भएको छ ।

  • भारतीय आयातित माछाले नेपाली किसानलाई समस्या

    मोरङ, असोज २९ – माछा उत्पादक किसानको समस्याको रुपमा भारतीय आयातित माछा रहेको किसानरुले बताएका छन् । भारतबाट माछा आयात हुँदा नेपाली किसान प्रत्यक्ष मारमा पर्दै आएको भए पनि त्यसलाई बिस्थापनको लागि अझै पहल नभएको बताएका हुन ।

  • तेह्रथुमबाट साढे चार करोड रुपैयाँको अदुवा निर्यात

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज २९ – तेह्रथुमबाट आर्थिक वर्ष २०७३÷०७४ मा साढे चार करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार वर्ष ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको हो ।

  • काठमाडौं उपत्यकाबाट ४१ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौं, असोज २८ – काठमाडौं उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया