MENU

साहित्य/ कला

Ncell Axiata

यसवर्षको म्यान बुकर पुरस्कार डेभिड ग्रसम्यानलाई

असार १ –  सन् २०१७ को म्यान बुकर इन्टरनेशनल पुरस्कार इजरायली लेखक डेभिड ग्रसम्यानले प्राप्त गरेका छन् । पुरस्कारको राशी पचास हजार पाउण्ड रहेको छ । पुरस्कार पाएसँगै ग्रसम्यान यो पुरस्कार पाउने पहिलो इजरायली लेखक बनेका छन् ।साहित्य तर्फको नोबेल पुरस्कारपछिको ठूलो मानिने बुकर पुरस्कार ग्रसम्यानको पुस्तक ‘अ होर्स वाल्क्स इन्टु अ वार’ का लागि प्रदान गरिएको हो । ग्रसम्यानको यो उपन्यास हिब्रु भाषाबाट जेसिका कोहेनले अंग्रेजीमा अनुवाद गरेकी हुन् । पुरस्कारको रकम भने लेखक र अनुवादक दुबैले बाँड्नेछन् । 

डेभिड ग्रसम्यान इजरायलका बेस्ट सेलिङ लेखक हुन् । उनका पुस्तकहरु विभिन्न ३६ भाषामा अनुदित भएका छन् । ग्रसम्यानको उपन्याससँगै अन्य एकसय २६ पुस्तकहरु प्रतिष्पर्धामा थिए । एउटा मात्र पुस्तकलाई म्यान बुकर इन्टरनेशनल पुरस्कार दिन थालिएको यो दोस्रो वर्ष हो ।

गत वर्ष दक्षिण कोरीयाली लेखक हान कांग र अनुवादक देबोरा स्मिथलाई ‘द भेजिटेरियन’ उपन्यासका लागि यो पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार प्राप्त गरेपछि बेलायतमा कांगको पुस्तकको बिक्री चार सय प्रतिशतले बढेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया