MENU

विचार/अनुभूति

दुई नम्बर प्रदेशको चुनाव सारेर देउवा असक्षम भएकै हुन् त ?

निर्वाचन आयोगले समेत मिल्दैन, हुँदैन भन्दाभन्दै सरकारले राष्ट्रिय जनता पार्टी राजपालाई देखाउँदै दुई नम्बर प्रदेशको चुनाव सारेको छ । यो निर्णयसँगै असार १४ गते तोकिएको चुनाव कुनै हालतमा सम्पन्न गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धतामा ठेस लागेको छ । उबेला चुनाव गराउन नसकेर राजाले असक्षम घोषणा गरेका देउवा फेरि नागरिकको नजरमा असक्षम भए भनेर सामाजिक सञ्जालमा आलोचना सुरु भैसकेको छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेजस्तै देउवा असक्षम भएकै हुन् त ? सक्षम र असक्षमको पुरै मूल्याँकन गर्ने बेला त भैसकेको छैन होला । तर तोकिएको समयमै चुनाव गर्नुपर्ने मुख्य दायित्व र जिम्मेवारी पूरा गर्नुपर्ने बाटोमा लम्केका प्रधानमन्त्री पहिलो पाइलामै असक्षम भएका पक्कै हुन् ।

सबैलाई थाहा भएकै कुरा हो, राजपा अझै चुनावको पक्षमा देखिएको छैन । दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमति गर्दा पनि राजपाले तेस्रो चरणमा भाग लिन्छौं भन्ने प्रतिबद्धता जनाएको छैन । संविधान संशोधन, स्थानीय तहको संख्या थप लगायतका उसको माग कायमै छ । जुन माग तत्काल पूरा गर्न असंभव जस्तै छ ।

यति कुरा जान्दाजान्दै पनि राजपालाई देखाएर देउवा नेतृत्वको सरकारले दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेको छ । त्यस प्रदेशका नागरिकलाई आफूहरु अरु प्रदेश भन्दा फरक हुने भयौं भन्ने छाप बसाइदिएको छ । अरु प्रदेशमा जनप्रतिनिधि चयन भएर धमाधम विकास निर्माणको काम सुरु गर्दा दुई नम्बर प्रदेशका नागरिकको मनमा कस्तो होला ? सरकारले अलिकति पनि त्यहाँका नागरिकको सम्वेदना बुझ्न सकेन । 

एउटा कुरा सत्य हो, राजपा सहभागी नहुँदा चुनाव गराउन गाह्रो थियो । सुरक्षा चुनौति ठूलो थियो । तर गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरुले चुनाव गराउन सकिनेबारे निर्वाचन आयोगलाई ब्रिफिङ गरिसकेका थिए । निर्वाचन आयोगले सबै तयारी अन्तिम चरणमा पुर्याइसकेको थियो । राजपाका केही नेता र कार्यकर्ताबाहेक दुई नम्बर प्रदेशका नागरिक चुनावको दिन पर्खेर बसेका थिए । तर यी सबै तयारी र उत्साहलाई ओझेलमा पार्नेगरी सरकारले गलत निर्णय गरेको छ ।

अरु मुख्य दलसहित तराई मधेसको एउटा बलियो शक्ति उपेन्द्र यादव संघीय समाजवादी फोरम चुनावी अभियानमै छ । चुनावबाटै तराई मधेसका नागरिकले खोजेको अधिकार पूरा हुन्छ भन्नेमा उ विश्वस्त छ । अर्को ठूलो दल विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पनि चुनावमै छ । चुनावपछि पनि मधेसका समस्या समाधान गर्न सकिन्छ भन्ने सबैले बुझेका छन् । 

तर चुनावअघि संविधान संशोधन लगायतका माग पूरा गर्न सम्भव छैन भन्ने जान्दाजान्दै राजपा आन्दोलनमा उत्रियो । उसकै लागि वैशाख ३१ को चुनाव जेठ ३१, असार ९ हुँदै असार १४ सम्म पुर्याइयो । यति हुँदाहुँदै पनि चुनावमा आउन नखोज्नुमा धेरैले धेरैथरी आशंका गर्दै आएका हुन् । राजपा चुनाव चाहँदैन, हार्ने भएपछि उसले अनेक बहाना खोजेको हो, चुनाव टारेर देशलाई असफल बनाउन खोज्दैछ भन्ने आरोप कतै सही त होइन भनेर कुरा गर्नेहरु धेरै छन् ।

यस्तै देउवा र कांग्रेसप्रति आशंका गर्नेहरु पनि थुप्रै छन् । २ नम्वर प्रदेशमा चुनाव जित्ने संभावना नदेखिएपछि राजपालाई देखाएर देउवाले चुनाव सारेका हुन् भन्ने हल्ला पनि चलेको छ । यो हल्ला मात्रै होइन रहेछ भन्ने पुष्टि सरकार आफैंले गरेको छ ।

माघसम्म स्थानीय, प्रदेश र केन्द्र गरी तीन चरणको चुनाव गर्नुपर्ने देउवा नेतृत्वको सरकारको मुख्य जिम्मेवारी हो । तर एउटै चुनाव तीन चरणमा गराउन खोजेर सरकारले बाँकी दुईवटा चुनावमा अन्योल थपिदिने काम गरेको छ । अहिले दुई नम्बर प्रदेशको चुनाव सारेर असक्षमको बाटोमा पहिलो पाइला चालेका देउवा माघसम्ममा पुरै असक्षम हुने त होइनन् भन्ने आशंका बढेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया