MENU

समाज

Ncell Axiata
NIC Asia

एसईई नतिजा सार्वजनिक, ग्रेड बढाउन पूरक परीक्षा साउन १९ गतेदेखि (परीक्षा तालिकासहित)

रमेश गिरी/उज्यालो । 

भक्तपुर, असार २ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक गरेको छ । 

कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मील यसवर्ष नियमित तर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना परीक्षामा सहभागी भएकोमा १२ हजार २ सय ८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तिर्ण भएको जानकारी दिनुभयो ।   

त्यस्तै जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याएर ४२ हजार ४ सय २७ जना, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याएर ५० हजार ६ सय ४६ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर ६१ हजार ९ सय ५५ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर ९१ हजार ३ सय १४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शुन्य सम्म ल्याएर १ लाख  ८ हजार ४ सय ६४ जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ६४ हजार ५ सय ७७ जना, शुन्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ११ हजार २ सय ८५ जना र शुन्य दशमलव ८० सम्म १५ जना उत्तिर्ण भएको उहाँले जानकारी दिनुभयो । 

परीक्षामा उमेर नपुगेका २ जना रहेको, सैद्धान्तिक विषयको परीक्षामा सहभागी नभएका १ हजार ३ सय २० जना,  प्रयोगात्मक परीक्षा नदिएका एक हजार ३८ जनाको नतिजा रोकिएको छ । त्यस्तै २ सय १६ जनाको उत्तरपुस्तिका रद्द भएको र ७ हजार ६ सय ४ जनाले परीक्षा छाडेको पत्रकार सम्मेलनमा बताईएको छ । 

त्यसैगरि एक्जाम्टेडतर्फ जम्मा १६ हजार ५ सय ७२ जना परीक्षार्थी रहेकोमा जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर कोही पनि उत्तिर्ण भएको छैनन् । यसतर्फ जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म २ जना उत्तिर्ण भएका छन्, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २०  सम्म २१ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर २ सय २२ जना , २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर १ हजार ९ सय ६४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शुन्यसम्म ल्याएर ७ हजार ४ सय ७० जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याएर ५ हजार ७ सय ५८ जना, शुन्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ६ सय ५ जना र शुन्य दशमलव ८० सम्म १ जना उत्तिर्ण भएका छन् ।

सैद्धान्तिक विषयको परीक्षा नदिएका ४ सय ७१ जना, प्रयोगात्मक नदिएका २६ जना, उत्तरपुस्तिका रद्द ३१ जनाको र परीक्षा नदिएका २ हजार ४ सय २ जना रहेको पनि पत्रकार सम्मेलनमा कार्यालयले जनाएको छ । 

परीक्षामा ‘सी’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको ग्रेड बृद्धि परीक्षा यही वर्ष दिन पाउने व्यबस्था गरिएको छ । दुई विषयसम्म परीक्षामा सहभागि नभएका परीक्षार्थीले पनि ग्रेड बृद्धि परीक्षामा सहभागि हुन पाउने व्यबस्था गरिएको छ । मूल विषयमा २ विषय भन्दा बढी अनुपस्थित रहेको र २ विषयभन्दा बढी विषयमा ग्रेड नखुलेको परीक्षार्थी आगामी वर्षको परीक्षामा एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिनुपर्ने व्यबस्था गरिएको छ । 

गतवर्ष दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भने नहुने उहाँले बताउनुभयो । 

गतवर्षसम्म दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड वृद्धिको परीक्षा दिन पाउथ्यो । यसवर्ष भने सैद्धान्तिक विषयमा ‘डी’, ‘डि’ प्लस र ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुले ग्रेड वृद्धिको परीक्षा दिन पाउने छन् ।

आफूले प्राप्त गरेको कुनै पनि विषयको नतिजा चित्त नबुझेमा पुर्नयोग गराउन सक्ने व्यबस्था गरेका छन् । यसका लागि परीक्षार्थीले परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय वा सम्बन्धित जिल्ला शिक्षा कार्यालय मार्फत १५ दिनभित्र निवेदन दिन सक्ने व्यबस्था गरिएको छ । 

एसईई पूरक (ग्रेडबृद्धि) साउन १९ गतेदेखि

त्यसैगरि एसईई पूरक (ग्रेडबृद्धि) परीक्षा आगामी साउन १९ गते बिहिबारदेखि २६ गतेसम्म संचालन हुने भएको छ । १९ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ : अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अग्रेजी, २० गते शुक्रबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीहरुको लागि अंग्रेजी, साउन २१ गते शनिबार अनिवार्य गणित, २२ गते आइतबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद विषयको परीक्षा संचालन हुने भएको छ । 

त्यसैगरि साउन २३ गते सोमबार अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते मंगलबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ : अनिवार्य संस्कृत भाषा, साउन २५ बुधबार ऐच्छिक प्रथमपत्रका सबै विषयहरु र साउन २६ गते बिहीबार ऐच्छिक द्धितीयपत्रका सबै विषयहरुको परीक्षा संचालन हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया