MENU

अर्थ

Ncell Axiata
USAID

भवन पुनर्निर्माण नहुँदा चिज उत्पादनमा समस्या

रामेछाप, असार २ – रामेछापको साविकको गुम्देल गाविसमा रहेको चिज उत्पादन केन्द्र थोदुङ्गको भवन भूकम्पले भत्काएपछि पुनर्निर्माण हुन नसक्दा चिज उत्पादनमा समस्या भएको छ । 

रामेछापकै जेठो र सरकारी स्वामित्वमा रहेको चिज उत्पादन केन्द्रको भवन भत्किएपछि उत्पादन भएको चिज भण्डारण गर्न र कृषकले ल्याउने दूध राख्न समेत समस्या भएको कर्मचारीको भनाई छ । चिज उत्पादन र भण्डारणको समस्या मात्रै हैन भवन नहुँदा कर्मचारीको दैनिकी पनि कष्टकर बनेको छ । यस ठाउँमा वर्षैभरी चिसो हुने र फागुन चैतसम्म हिँउ पर्ने भएकाले जस्ताको टहरामुनि बस्दा कष्ट भएको चिज उत्पादन केन्द्रका कर्मचारी जितबहादुर जिरेलले बताउनुभयो । 
 
उहाँले भन्नुभयो ‘भवनको अभावमा चिज कारखानामा प्रयोग हुने सामाग्रीहरु समेत बाहिरै खुल्ला चौरमा राख्ने गरिएको छ । चिज बनउने मेसिन बाहेक सबै सामाग्री खुल्ला चौरमै राखिएको छ ।’
दुग्ध संस्थान केन्द्र लैनचौरमा पटक–पटक आफ्नो समस्याको बारेमा जानकारी गराउँदा पनि सुनुवाई नभएको कर्मचारी जिरेलले गुनासो गर्नुभयो । 

वि. स. २०१५ सालमास्थापना भएको थोदुङ्ग चिज उत्पादन केन्द्र रामेछापको एकमात्र सरकारी स्वामित्वमा रहेको चिज उत्पादन केन्द्र हो । यस केन्द्रमा अहिले २२ वटा चौरी गोठबाट दूध आउने गरेको  छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया