MENU

बातावरण-कृषि

Ncell Axiata

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढाइयो

चितवन, असार २ – दुर्लभ वन्यजन्तुको बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २० दशमलव ६३ वर्गकिलोमिटर बढाइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । 

यसअघि निकुञ्जको क्षेत्रफल ९ सय ३२ वर्गकिमी रहेकामा ३८ वर्षपछि क्षेत्रफल थपिएर अहिले ९ सय ५२ दशमलव ६३ वर्गकिमी भएको सूचना अधिकारी अर्यालको भनाइ छ । निकुञ्ज स्थापनापछि क्षेत्रफल वृद्धि भएको यो दोस्रो पटक हो । 

राजपत्रमा प्रकाशित सूचनाअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सीमा हेरफेर गरिएको जनाइएको छ । 

विसं २०६० तिर निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने पदमपुर गाउँलाई स्थानान्तरण गरिएको थियो । सरकारले स्थानान्तरण गरेको पुरानो पदमपुर क्षेत्रलाई जोडेर निकुञ्जको सीमा बढाइएको अर्यालले जानकारी दिनुभयो । 

निकुञ्ज स्थापना हुँदा २०३० सालमा ५ सय ४४ वर्गकिमी क्षेत्र थियो त्यसको पाँच वर्ष पछाडि २०३५ सालमा क्षेत्रफल वृद्धि गरी ९ सय ३२ वर्गकिमी बनाइएकामा ३८ वर्षपछि क्षेत्रफल पुनः बढेको निकुञ्जले जनाएको छ । 

चितवन निकुञ्ज विश्व संरक्षण सूचिमा छ । नेपालको पहिलो संरक्षित क्षेत्र चितवन निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तुको मुख्य वासस्थान क्षेत्र भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । भौगोलिक बनावट पनि विश्वकै लागि फरकखालको रहेको उहाँको भनाइ छ । 

क्षेत्रफल बढेसँगै वन्यजन्तुको संरक्षणमा थप टेवा पुग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहा शाखाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउनुहुन्छ । 

चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लामा पर्ने निकुञ्जमा पछिल्लो गणनाअनुसार गैँडा ६ सय ५, बाघ एकसय २०, गौरीगाई तीनसय ६८ छ । अहिले संख्या वृद्धि भइरहेको छ । अन्य सयौँ वन्यजन्तु चरा र विभिन्न प्रजाति निकुञ्जमा छन् । यसको मध्यवर्ती क्षेत्र भने ७ सय २९ वर्गकिमी छ । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यो वर्षको मनसुन सकियो

    काठमाडौं, असोज ३१ – यो वर्षको मनुसन सकिएको छ । यो वर्ष २३ दिन ढिलो गरी मनसुन सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन ढिला गरी जेठ १२ गते सुरु भएको मनसुन २३ दिन लम्बिएको हो ।

  • तेह्रथुमबाट १४ करोडको तरकारी निर्यात

    तेह्रथुम, असोज ३० – पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट आर्थिक वर्ष २०७३/०७४ मा झण्डै १४ करोड रुपैयाँ बराबरको तरकारी निर्यात भएको छ ।

  • भारतीय आयातित माछाले नेपाली किसानलाई समस्या

    मोरङ, असोज २९ – माछा उत्पादक किसानको समस्याको रुपमा भारतीय आयातित माछा रहेको किसानरुले बताएका छन् । भारतबाट माछा आयात हुँदा नेपाली किसान प्रत्यक्ष मारमा पर्दै आएको भए पनि त्यसलाई बिस्थापनको लागि अझै पहल नभएको बताएका हुन ।

  • तेह्रथुमबाट साढे चार करोड रुपैयाँको अदुवा निर्यात

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज २९ – तेह्रथुमबाट आर्थिक वर्ष २०७३÷०७४ मा साढे चार करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार वर्ष ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको हो ।

  • काठमाडौं उपत्यकाबाट ४१ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौं, असोज २८ – काठमाडौं उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया