MENU

अर्थ

Ncell Axiata

आयल निगम मासिक ३४ करोड नाफामा

काठमाडौं, असार २ – नेपाल आयाल निगमले मासिक ३४ करोड रुपैयाँ नाफा कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घाटामा गएको निगमले २०७१ सालमा स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नाफामा गएको हो । 

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनका क्रममा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यो कुराको जानकारी दिइएको हो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पेसागत इमान्दारिता, कर्मचारी एकता र संस्थागत प्रभावकारिता भएमात्र आयल निगम अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘कुनै पनि संस्था अगाडि बढाउने वा तल लैजाने भन्ने कुरा कर्मचारीको हातमा नै हुन्छ ।’ 

पूर्व उद्योगमन्त्रीसमेत रहनुभएका जोशीले स्वदेशमा रोजगार सिर्जना गर्ने हो भने राज्यले उद्योग क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । ‘देशको विकास गर्ने हो भने उद्योग क्षेत्रको विकास हुनु जरुरी छ’ –उहाँले भन्नुभयो । 

नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय कोषाध्यक्ष योगेन्द्र कुँवरले लामो इतिहास बोकेको आयल निगमले गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘देशको अर्थतन्त्रमा आयल निगमको महत्वपूर्ण योगदान रहेको छ अझ यसलाई अगाडि बढाउनुपर्छ ।’ 

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले घाटामा गएको निगमले अहिले फाइदामा गएर वार्षिक ४० अर्ब रुपैयाँ राजस्व तिर्न सफल भएको बताउनुभयो । 

युनियनका अध्यक्ष प्रदीपमान बसी, नेपाल आयाल निगम कर्मचारी संघका अध्यक्ष देवीप्रसाद न्यौपाने, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका कोषाध्यक्ष बाबुराम झुला, कार्यबाहक महासचिव सन्दीप बराललगायतले कर्मचारीका कारण आयल निगम फाइदामा गएको भन्दै कर्मचारीलाई बोनसको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । – रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

  • सुनचाँदीको कारोबार उत्साहजनक छैनः व्यवसायी

    काठमाडौं, असोज ३१ – तिहार सुरु भएपनि यो वर्ष सुनचाँदीको कारोबार उत्साहजनक नभएको व्यवसायीले बताएका छन् । गएका वर्षहरुमा तिहार सुरु हुनु एक हप्ताअघि दैनिक ४० देखि ४५ किलोसम्म सुनको कारोबार हुने गरेको सुन यो वर्ष दैनिक ३५ किलोसम्म मात्र कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

  • ​मंगलबार रियाल, दिर्हाम र रिंगिटको मूल्य कमजोर

    काठमाडौं, असोज ३१ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५४ पैसा र विक्रिदर २७ रुपैयाँ ७० पैसा रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया