MENU

खेल

Ncell Axiata
USAID

रोनाल्डोको रियल मड्रिड छोड्ने चाहना : किन र कहाँ जालान् ?

असार ३ – रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफूमाथि लागेको कर छलीको आरोपबाट निराश रहेको र यसैकारण उनले क्लब छोड्न चाहेको उनका नजिकका साथीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यम खबर आएका छन् । स्पेनिस कानूनी अधिकारीले रोनाल्डोमाथि लाखौं युरो बराबरको कर छली गरेको आरोप दर्ता गरेका छन् । तर रोनाल्डोले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् र आफूले केही गलत नगरेको बताउँदै आएका छन् ।

रोनाल्डो निकट स्रोतले भन्यो ‘रोनाल्डो आफूलाई इमानदार ठान्छन् र आफ्नो राम्रो चरित्र रहेकोमा उनी ठुक्क छन् ।’ रोनाल्डोलाई रियल मड्रिडबाट किन्न चाहनेले एक अर्ब युरो तिर्नु पर्छ । आफूमाथि लागेको आरोपले रोनाल्डो निकै दुःखी र उदास रहेको स्रोतले बताएको छ । रोनाल्डो निकट स्रोतले भन्यो ‘उनी स्पेनमा बस्न चाहँदैनन्, यो समयमा उनी क्लब छोड्न चाहन्छन् ।’ सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका रोनाल्डोले क्लबसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।

उनले यो सिजन रियललाई ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् । रोनाल्डोलाई चिनियाँ क्लबले धेरै रकम प्रस्ताव गर्न सक्ने तर उनका एजेन्टले भने पेरिस सेन्ट जर्मेन वा प्रिमियर लिग क्लब फर्किन सुझाव दिने खबरमा उल्लेख छ । 

क्लबलाई जानकारी छैन 

रियल मड्रिडले भने रोनाल्डोले क्लब छोड्न चाहेको बारे केही नबताएको उल्लेख गरेको छ । पोर्चुगलका रोनाल्डो रियल मड्रिडका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् । उनले रियलबाट तीन सय ९४ खेलमा चार सय ६ गोल गरिसकेका छन् । 

रोनाल्डोको निर्णय परिवर्तन गर्न कठिन

रोनाल्डोले क्लब छोड्न चाहेको खबर आएपनि त्यो सम्भावना भने कम रहेको विश्लेषकले बताएका छन् । सन् २००६ देखि २००९ सम्म रियल मड्रिडको अध्यक्ष रहेका रामोन काल्डेरोनले रोनाल्डोको मस्तिष्क बुझ्न निकै कठिन रहेको र उनले क्लब नछोड्नेमा आशावादी रहेको बताएका छन् । बिबिसी रेडियो ५ सँग उनले भने ‘हुन सक्छ उनी उदास छन् । हुन सक्छ उनी रिसमा रहेका बेला क्लब छोड्न चाहेको बताएका हुन् । तर यसबारेमा अहिलेसम्म हामीलाई जानकारी छैन । उनी यहाँ खुशी थिए र छन् । उनले पछिल्लो चार वर्षमा तीन पटक च्याम्पियन्स लिगको उपाधि दिलाए । उनी क्लबमा बस्ने आशा छ ।’ तर रोनाल्डोले केही कुरा ठानेमा त्यसलाई परिवर्तन भने गर्न नसकिने उनको भनाई छ । रोनाल्डो निकै बलियो सोचाइ राख्ने र त्यस्तै बलियो निर्णय गर्ने खेलाडी रहेको काल्डेरोनले बताए । उनले रियल छाडेमा चीन वा मध्यपूर्वका कुनै क्लब जाने सम्भावना नरहेको काल्डेरोनले बताए । ‘उनी ठूलै क्लबबाट खेल्ने छन् ।’ काल्डेरोनले भने ‘किनकी उनी क्लब र व्यक्तिगत रुपमा धेरै जित्न चाहन्छन् ।’ रोनाल्डो अहिले पनि विश्वको उत्तकृष्ट क्लबबाट उत्कृष्ट खेल खेल्नका लागि तयार रहेको उनले बताए । 

ध्यान मोड्न प्रयास हुन सक्छ

रोनाल्डोले रियल छोड्न चाहेको भनेर खबर आएको यो पहिलो पटक भने होइन । यसअघि पनि यसकिसिमका खबर आएका थिए । रोनाल्डोका नजिकका मानिसले छोड्न चाहेको बताए पनि रोनाल्डो आफैले भने त्यसलाई अस्वीकार गर्थे । अहिले पनि त्यस्तै अवस्था रहेको हुन सक्ने अनुमान छ । स्पेनिस पत्रपत्रिकालाई रोनाल्डोका मानिसले उनले क्लब छोड्न चाहेको खबर दिएर ध्यान अन्यत्रै केन्द्रित गर्न खोजेको हुन सक्ने पनि अनुमान गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया