MENU

विचार/अनुभूति

Ncell Axiata
NIC Asia

कसिएका युवा मन

दिपक महत-

एउटा दैनिक अखबारमा “कतारमा एकै गाउँका पाँच सय” शिर्षकको खबरले मन निचोरिए जस्तो भयो । अर्घाखाँचीको मालारानी–५ को यो समाचार पढेपछि मन गाउँघरतिर गयोे । आफ्नै गाउँलाई नजिकबाट नियालें । पात्र खोज्न रत्तिभर समय लागेन । आफ्नै गाउँका अंकल, दाइ तथा भाइहरु आँखैभरि घुमे । 

सदरमुकाम सन्धिखर्कबाट झण्डै १६ किलोमिटर उत्तर–पश्चिममा रहेको यो ठाउँ पर्यटकीय महत्वको छ । प्राकृतिक सौन्दर्यले सुन्दर बनाएको ठाउँ । तर गाउँघरमा युवाको न्युन उपस्थितिले यसको चर्चा र विकासले उचित ठाउँ लिन सकेको छैन । 

युवाहरु विदेशसम्म सहजै पुगिरहेको अवस्था देशका सबै गाउँले झेल्नुपरिरहेको छ । केही समय खासगरी भारत मात्रै नेपालीको विकल्पमा थियो तर त्यो परिस्थिति अहिले फेरिएको छ । बढिरहेको वैदेशिक पलायनले अनेक सकारात्मक/नकारात्मक प्रभाव पारिरहेको सन्दर्भमा नेपालीको जीवनशैली भने परिवर्तित बनेको छ । भलै वैदेशिक रोजगारी सम्पूर्ण रुपमा प्रिय बन्न सकेको छैन ।

यतिबेला नेपालका धेरै गाउँघरले युवाविहिनता सामना गरिरहेका छन् । केटाकेटी र बुढापाकामात्र गाउँघरमा भेटिन्छन् । जसले गर्दा विकासले व्यापकता ल्याउन सकेको छैन या भनौ योजनाहरुको छनोट तथा सहभागितामा युवा अटाउन सकेका छैनन् । अध्ययन तथा रोजगारीको लागि देशभित्रै हुनेहरु पनि सहजै गाउँमा उपलब्ध हुदैनन् । गाउँघरबाट भौतिक रुपमा टाढिनेहरु भने मनले नजिकै रहेको आभास गर्छन । सामाजिक सञ्जाल सबैलाई एकआपसमा जोड्न तथा विकासको गतिमा थप सहयोगी सिद्ध छ । 

वैदेशिक रोजगारीमा हुनेहरु आफ्ना गाउँको विकासमा हर–तरहले लागिरहेकै छन् । विदेशमा आर्जेको सीपले गाउँमै फर्कि आफै उद्यमशिलता तर्फ लम्केका छन् । एकाध बाहेक राजनीतिक रुपमा एक अर्काको चर्को आलोचना गरेर यस क्षेत्रका नागरिकलाई विभाजित गर्ने नहुने पक्षमा यहाँका युवाको मत छ । राजनीतिलाई विकाससँग जोडेर यसको विश्लेषण गर्न सक्ने क्षमतामा पनि सकारात्मक चेतना थपिएको छ । आगामी जेठ १४ गते हुन गइरहेको स्थानिय निकायको चुनावमा पनि यस क्षेत्रका बासिन्दाले विकास तथा समृद्धि सुहाँउदो योजना अंगाल्ने उम्मेदरवारलाई जिताउने पक्षमा छन् । 

सामाजिक विकासमा यतिबेला देशका विभिन्न संस्था तथा ब्यतिmहरु जोडिरहेको बेला यस गाउँमा पनि स्थानीय युवाको सक्रियतामा विभिन्न कामले निरन्तरता पाइरहेका छन् । स्थानीय स्तरमा आइपर्ने समस्या सचेत युवाको पहल तथा सुझबुझमा समाधानतिर अग्रसर छन् । सालझण्डि–ढोरपाटन सडकखण्डमा पर्ने यो बजार भण्डार नमुना बनाउन यस क्षेत्रका युवा लागिपरेका हुन् । 

बाग्लुङ्गको प्रसिद्ध ढोरपाटन सिकार आरक्षको बहुप्रतिक्षित सडकखण्डले गर्दा यस स्थानमा बजार विस्तार तथा नयाँ भवन धमाधम बनिरहेका छन् । रोजगारीको सिलसिलामा विदेशमा करिब १३ वर्ष बसेर स्वदेश फर्किएका स्थानीय अगुवा युवा बिष्णु कुवँर सामाजिक प्रगतिको लागी अहोरात्र खटिरहेको हुनुहुन्छ । यो सुन्दा मात्र पनि मलाई बेग्लै रमाइलो र मज्जा लाग्छ । क्लब गठन गरी थप काम अगाढी बढिरहेको छ । विदेशमा रहदाँ देखेको÷सिकेको सिपले गाउँको मुहार फेर्न सकिनेमा उहाँजस्तै अरु युवा आत्मविश्वासी देखिन्छन् । समृद्ध र सबल बलियो समाजको निमार्णको अभिभारा युवाले लिनैपर्नेमा सबै युवाको एकमत छ यो गाउँमा । कस्तो राम्रो कुरा । 

यस क्षेत्रमा अहिले श्री सिद्ध माध्यमिक विद्यालयको  स्वागतद्वार निमार्ण, स्थानीय स्तरमा हुने कार्यक्रम संचालन गर्न खुल्ला स्थान सहितको मञ्च, सरसफाई अभियान, बाटो बिस्तार तथा सामाजिक चेतनाका काम भइरहेका छन् । यो काममा बाँगी सेवा समाज कतार, भूतपूर्व विद्यार्थी मञ्च, नवदिप युवा क्लब तथा स्थानिय सबैको उल्लेख्य भूमिका छ ।

विदेशमा हुनेहरु विदेशमै नियमित रुपमा गाउँको उन्नति, प्रगति, विकास, सहयोग तथा अनेक विषयमा छलफल गर्दछन् । यसको समन्वय बाँगी सेवा समाज कतारले गर्ने गर्छ अन्य मुलुकमा हुनेहरु पनि जोडिरहेकै हुन्छन् । आपनो ठाउँको विकासका लागि गाउँठाउँमै मात्र हुनुपर्छ भन्ने छैन नि । बाध्यताले परदेशिएकाहरुले जहाँ रहेपनि आफ्नो गाउँठाउँको सेवामा विकासमा र उन्नयनमा लाग्न सक्दा रहेछन भन्ने यो भन्दा गतिलो प्रमाण के होला र ? 

समयचक्र अनुसार पृथ्वी मात्रै घुम्दैन मानिस पनि यसैको लयमा फन्को मारिरहेको हुन्छ । समयको यो बदलिदो कालखण्डमा अहिले विश्वव्यापी रुपमा विश्व साँघुरिएको छ । विश्वका हरेक क्षेत्रमा पुगिसकेका नेपालीले अब गाउँको मुहार फेर्न ढिलो गर्नुहुदैन ।

यसमा युवा बढि कस्सिनै पर्छ । यि सबै परिवर्तनका लागी युवा गाउँमा एक भएर लाग्दा भारी संख्यामा यस गाउँबाट भएको युवा पलायनले केहि अंशमा भने उदाहरणीय खुसी छरेको छ । यस्तै खुशी देशका सवै गाउँले देख्न सुन्न र भोग्न पाए वैदेशिक रोजगारीको दुःखसँगै अलिकति भएपनि खुशी छाउने थियो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • म्युचुअल फण्डको लगानी : दुवै हातमा लड्डु

    यो हप्ता (माघ २ गते) सिआइबिएल क्यापिटलले एक अरब रुपैयाँ संकलन गर्न अघि सारेको सिटिजन म्युचुअल फण्ड माघ ७ गते बन्द हुने सम्भावना छ । माघ २ गतेकै दिन एनआईसी एसिया क्यापिटलले पनि एनआइसी एसिया ग्रोथ फण्डको १ अर्ब रुपैयाँका १० करोड कित्ता युनिट (शेयर) बजारमा ल्याएको छ ।

  • मधुमेह भएका बिरामीले मृगौला परीक्षण नगराए के हुन्छ ?

    रगतमा चिनीको मात्रा बढी हुनु चिनी रोग हो । यसलाई डायबेटिज, मधुमेह वा सुगर रोगको नामले चिनिन्छ । मधुमेहका जटिलताहरुमा आँखा बिगार्नु, मुटु, नसा र मृगौला बिगार्नु पर्छन्, यसलाई मधुमेह सम्बन्धि मृगौला रोग भनिन्छ ।

  • कांग्रेस र मालेको गीर हान्ने खेल : चौका, छक्काको सट्टा ‘हल्ला’ !

    -यो त उबेलाको कुरा । अहिले गीर हान्ने खेल सबैले बिर्सिसके । त्योबेला कांग्रेस र माले भन्दै चरिमारेटार स्कुलको मैदानमा कुद्नेले पनि बिर्से । माघे संक्रान्तिमा हातमा लारी बोकेर ठूलो पाटा खोज्दै हिँड्नेले पनि बिर्से । खेल्नेले पनि बिर्से, लेख्नेले पनि बिर्सन लागे ।

  • छाउ हुँदा शौचालयको बास गर्नुपरेकोे त्यो क्षण !

    पछिल्लो दिन म गोठमा बस्न सकिनँ । आमाले भन्नुभयो, ‘अनि कता जान्छेस ? जसरी पनि ६ दिन त बस्नै पर्छ ।’ घरभन्दा टाढाको गोठमा जानु भन्दा घर नजिकैको शौचालयमा बस्न मलाई सजिलो भयो । शौचालय सानो थियो । खुट्टा तानेर सुत्न नमिल्ने थियो । त्यो शौचालयमा कसरी रात बिताउने ? आमाले मलाई पराल दिनुभयो । त्यो परालमाथि ओछ्यान लगाएर सुतेँ ।

  • बिर्सने रोग (डिमेन्सिया) के हो ?

    आफैले राखेको सामान एकछिनपछि कहाँ राखियो, बिर्सियो, कहिँ जान निस्किएको बाटो बिर्सने, एकैछिन अगाडि के भएको थियो यादै हुँदैन । यो समस्या धेरैलाई हुन्छ जसलाई मेडिकल भाषामा डिमेन्सिया भनिन्छ, बिर्सने रोग ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया