MENU

बातावरण-कृषि

Ncell Axiata

संरक्षित क्षेत्रलाई समेटेर ४८ चलचित्र बने, २६ विदेशी चलचित्र

काठमाडौं, असार ३ – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रलाई समेटेर स्वदेशी तथा विदेशी ४८ चलचित्र छायाङ्कन भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा उक्त चलचित्र छायाङ्कन भएका हुन् । 

छायाङ्कन भएका चलचित्रमध्ये २६ वटा विदेशी र २३ नेपाली रहेका छन् । एक चलचित्र निर्माणका लागि विदेशी मुलुकसँग एक हजार अमेरिकन डलर, सार्क मुलुकसँग २५ हजार नेपाली रुपैँया र नेपालीसँग पाँच हजार रुपैँया लिने गरेको विभागले जनाएको छ । 

विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले छायाङ्कन भएका चलचित्रमध्ये सबैभन्दा धेरै सगरमाथा राष्ट्रिय निकुञ्जमा हुने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सगरमाथा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यको रुपमा महत्व रहेको क्षेत्र भएकाले यस क्षेत्रमा धेरै छायाङ्कन हुने गरेको छ ।” 

यसका साथसाथै बर्दिया राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जलगायतमा धेरै छायाङ्कन हुने गरेको छ । 

चलचित्रका छायाङ्कनका लागि डेनमार्क, अमेरिका, अष्ट्रेलिया, कोरिया, बेलायत, स्विटजरल्यान्ड, सिङ्गापुर, टर्की, चीन, स्वीडेन, रुस, जापानलगायतका मुलुकबाट आएको विभागले जनाएको छ । यस्तै सार्क मुलुकबाट भारत आएको छ । 

चलचित्र छायाङ्कनबाट विभागले २५ हजार अमेरिकन डलर र एक लाख ७० हजार नेपाली रुपैँया आम्दानी गरेको छ । विभागले दिएको जानकारी अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रमा गतवर्ष ३६ वटा चलचित्र छायाङ्कन भएका थिए । जसमध्ये ३५ विदेशी र एक नेपाली चलचित्र रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यो वर्षको मनसुन सकियो

    काठमाडौं, असोज ३१ – यो वर्षको मनुसन सकिएको छ । यो वर्ष २३ दिन ढिलो गरी मनसुन सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन ढिला गरी जेठ १२ गते सुरु भएको मनसुन २३ दिन लम्बिएको हो ।

  • तेह्रथुमबाट १४ करोडको तरकारी निर्यात

    तेह्रथुम, असोज ३० – पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट आर्थिक वर्ष २०७३/०७४ मा झण्डै १४ करोड रुपैयाँ बराबरको तरकारी निर्यात भएको छ ।

  • भारतीय आयातित माछाले नेपाली किसानलाई समस्या

    मोरङ, असोज २९ – माछा उत्पादक किसानको समस्याको रुपमा भारतीय आयातित माछा रहेको किसानरुले बताएका छन् । भारतबाट माछा आयात हुँदा नेपाली किसान प्रत्यक्ष मारमा पर्दै आएको भए पनि त्यसलाई बिस्थापनको लागि अझै पहल नभएको बताएका हुन ।

  • तेह्रथुमबाट साढे चार करोड रुपैयाँको अदुवा निर्यात

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज २९ – तेह्रथुमबाट आर्थिक वर्ष २०७३÷०७४ मा साढे चार करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार वर्ष ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको हो ।

  • काठमाडौं उपत्यकाबाट ४१ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौं, असोज २८ – काठमाडौं उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया