MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

ट्वीटरमा सबैभन्दा बढी फलोअर्स केटी पेरीको, १० करोडले गरे फलो

काठमाडौं, असार ३ – गायिका केटी पेरी ट्वीटरमा १० करोड फलोअर्स हुने पहिलो व्यक्ति भएकी छन् । ट्वीटरमा धेरै फलोअर्स हुनेहरुमा सेलिब्रेटी नै बढी रहेका छन् ।  

पेरीपछि बढी फलोअर्स हुनेमा क्यानडेली गायक जस्टिन बिबर छन् । बिबरका ९ करोड ६७ लाख फलोअर्स छन् । तेस्रो नम्बरमा रहेका पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछ्याउने ९ करोड १० लाख रहेका छन् । चौथो र पाँचौ स्थानमा पनि गायिकाहरु टेलर स्विफ्ट र रिहान्नालाई पछ्याउने क्रमशः ८ करोड ५१ लाख र ७ करोड ४१ लाख रहेका छन् । 

ट्वीटरमा बढी फ्लोअर्स हुने सय जना व्यक्तिहरुमा गायक गायिका, खेलाडी, संचार गृह तथा राजनीतिक व्यक्तिहरु रहेको ट्वीटरले आफ्नो वेवसाइटमा जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरमा पछ्याउने ३ करोड २४ लाख जना रहेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछ्याउने ३ करोड ७ लाख जना रहेका छन् । नेपालमा बलिउड अभिनेत्री तथा समाजसेवी मनिषा कोइरालाको ८ लाख ६६ हजार ९ सय ५६ जना रहेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया