MENU

समाज

Ncell Axiata
NIC Asia

बाटो हिलाम्मे, यात्रुलाई सास्ती, गाडीलाई सकस

प्रकाश धौलाकोटी/उज्यालो । 

तेह्रथुम, असार ४ – तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–८ जिरिखिम्ती बजारबाट मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ हुँदै श्रीजुङ, पौठाक जोडिने सडक हिलाम्मे भएको छ । सडक हिलाम्मे भएर यातायात अवरुद्ध भएपछि यात्रुले भने सास्ती खेप्नु परेको छ । सडक अवरुद्ध भएपछि मेन्छ्यायेम गाउँपालिकामा चुनावका लागि घर आउने मतदाता लाई सकस भएको छ । निर्वाचनका लागि सामान ओसार पसार र कर्मचारीहरुलाई आवतजावतमा समेत समस्या भएको छ । १२ किलोमिटर दूरीको सडक स्तरोन्नतिको काम यसैवर्ष मात्रै थालिएको थियो । तर समयमै स्तरोन्नतिको काम नसकिँदा यो वर्ष पनि हिले सडकमै यात्रा गर्नुपर्ने बाध्यता स्थानीय बासिन्दालाई आइपरेको छ । झण्डै एक दशकअघि नै सडकको ट्रयाक खोलिएपनि नियमित मर्मत र स्तरोन्नति नहुँदा सडक हिलाम्मे हुने गरेको छ । सडकमा अझैपनि ठूला सवारी गुड्दैनन् । साना सवारी साधन समेत सडक हिलाम्मे भएपछि म्याङलुङ्ग नगरपालिकाको आम्बुङ स्थित सन्सारी बजारबाट उता जान सक्दैनन् । डिभिजन सडक कार्यालय धनुकुटाबाट सडक स्तरोन्नतिको जिम्मा लिएका कन्चन्जञ्घा, पाण्डुकेशर र वाईपीआर निर्माण कम्पनीले पनि सडक मर्मतको काम सकेका छैनन् । सडकमा निर्माण गरिएको ड्रेनबाट पानी नकाटिँदा बिच सडकमै पानी जमेर सडक हिलाम्मे छन् । दर्जनौं ठाउँमा सवारी भासिए पछि निकाल्नै नसकिने अवस्था छ । कतिपय ठाउँमा हिँडेर समेत बाटो पार गर्न सक्ने ठाउँ छैन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया