MENU

समाज

Ncell Axiata

नविना राई बनिन् एसइई प्रिन्सेस्

काठमाडौं, असार ४– शनिबार प्रज्ञा भवनको डबलीमा सम्पन्न हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज एसइईप्रिन्सेसको उपाधि नविना राईले जितेकी छिन् । सोह्र वर्षीया नविनाले स्काईलार्क विद्यालयबाट एसइई परीक्षा दिएकी थिइन् । नविनाले प्रतियोगितामा शीर्ष उपाधिसहित मिस पपुलर अवार्ड पनि हात पारिन् । 

एसइई विजेता नविनाले ५० हजार रुपैयाँ नगद  र हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजकातर्फ प्लस टू अध्ययनका लागि पूर्ण छात्रवृत्ति पुरस्कार पनि प्राप्त गरिन् । रोजिन शाक्यको कोरियोग्राफीमा सिजन मिडियाद्वारा आयोजित प्रतियोगितामा स्मृति नेपालले फस्ट रनर अप उपाधि साथै मिस पर्सनालिटीको उपाधि जित्न सफल भइन् भने सलिना कटुवाल सेकेन्ड रनर अप भइन् ।

साथै नेपाल र कटुवालले क्रमशः ३० हजार रुपैयाँ र  २० हजार रुपैयाँ नगद साथै एक लाख रुपैयाँ बरावरको छात्रवृत्ति पाइन् । थर्ड रनर अप सितास्मा पोखरेल र फोर्थ रनरअप प्रेरणा महत घोषित भइन् । 


प्रतियोगिताको अन्य उपाधिहरुतर्फ मस्ट ट्यालेन्ट प्रकृति शाही, अर्गनाइजर्स च्वाइस र हेल्दी स्माइल मनकामना पुन मगर , मिस डिसिप्लिन दिक्षा गौतम, वेष्ट स्किन जुनीमायाँ तामाङ, मिस फिटनेश विशुम तामाङ, बेष्ट फोटोजेनीक गरिमा योन्जन,  ब्युटीफुल हेयर नेहा तुलाधर, बेष्ट फ्रेन्डशीप पुजा अधिकारी, बेष्ट ड्रेस इन्जु श्रेष्ठ , एकाडेमिक अवार्ड कविता देवकोटा, सोसल सर्भिस एभिन्जेलिना आर्चाय, बेष्ट वाक सोफी श्रेष्ठ मिस पङ्चुवालिटि इन्दिरा खतिवडा, मिस कन्फिडेन्ट रुषा नापित र फेशवुक लाइक अवार्ड प्रतिक्षा खत्रि, मिस क्रियटिभ रितिका चौलागाई,अडियन्स च्वाइस क्रितिका थापा , व्यूटीफूल आई श्रेर्या श्रेष्ठले जित्न सफल भएका थिए ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिहारको लागि माटो लिन जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

    सप्तरी, असोज ३१ – तिहारको लागि घर आँगन लिपपोत गर्नका लागि माटो लिन गएकी सप्तरीको बेल्ही चपेना गाउँपालिका वडा न. ४ की एक महिलाको मंगलबार बेलुका माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ ।

  • डोटी बस दुर्घटना : ३ जनाको मृत्यु, २४ घाइते

    डडेल्धुरा, असोज ३१ – भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घोरणीमा दुई यात्रुवाहक बस ठोक्किँदा ३ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।

  • यी हुन् बालकलाई गोली हान्ने ३ अभियुक्त

    सोलुखुम्बु, असोज ३१ – जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले १३ वर्षका बालकलाई भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका व्यक्तिहरुलाई मगंलबार सार्वजनिक गरेको छ ।

  • जता गए पनि नेपाली पर्यटक : होटल र पर्यटन व्यावसायीलाई मालामाल

    स्वर्गकी अप्सरा उपनामले चिनिने रारामा २/३ वर्षअघिसम्म नेपालीहरु खासै देखिँदैनथे । रारा नेपालीको पहुँचबाट टाढै छ भन्ने मान्यता थियो । तर अहिले दसैँपछि मात्रै ५ हजार भन्दा धेरै नेपाली राराताल पुगेका छन् । जबकी विदेशी पर्यटकको संख्या ५ सय पनि पुगेको छैन् ।

  • कैदीलाई कारागारमै टिभी

    लमजुङ, असोज ३१ – जिल्ला कारागार लमजुङमा रहेका कैदीबन्दीलाई टेलिभिजन प्रदान गरिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई सुसूचित गराउन दुई वटा टेलिभिजन प्रदान गरिएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया