MENU

समाज

Ncell Axiata

कंगोमा विद्रोहीको आक्रमणबाट दुई नेपाली सेना घाइते

काठमाडौं, असार ४ – कंगोमा स्थानीय विद्रोही समूहको आक्रमणमा परेर शान्ति सेनामा खटिएका नेपाली सेनाका दुई जवान घाइते भएका छन् । संयुक्त राष्ट्रसंघ अन्तर्गत मोनुस्को मिसनमा खटिएका नेपाली सेनामाथि कवास भन्ने ठाउँमा भएको आक्रमणमा दुई जना सेना घाइते भएका नेपाली सेनाले जनाएको छ । 

उनीहरुको कंगोको गोमामारहेको अस्पतालमा उपचार भैरहेको र स्वास्थ्य स्थिती सामान्य रहेको सेनाले जनाएको छ । नेपाली सेनाको प्रतिकारका क्रममा पाँच जना विद्रोही मारिएका थिए भने केही हतियार बरामद भएको थियो ।  बरामद हतियार कंगोको राष्ट्रिय सेनालाई बुझाइएको सेनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया