MENU

समाज

Ncell Axiata
NIC Asia

मेयरमा उम्मेदवारी दर्ता गराउन गएका नेता प्रहरी हिरासतमा

ओखलढुंगा, असार ४– उम्मेदवारी दर्ता गराउन गएका नेता प्रहरी हिरासतमा पुगेका छन् । उम्मेदवारी मनोनयन स्थलमा रक्सी खाएर होहल्ला गर्दै उम्मेदवारमाथि दुव्र्यवहार गरेको भन्दै नेपाल लोकतान्त्रिक फोरमका नेता भक्तबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनी सहित श्यामकुमार कटवाल पनि पक्राउ परेका छन् । रक्सी खाएर उम्मेदवार भन्दै अन्य दलका उम्मेदवाहरुमाथि हातपात गर्न थालेपछि पक्राउ गरी हिरासतमा लिएकोे ओखढुंगाका प्रहरी निरीक्षक टिका कार्कीले जानकारी दिनुभयो । कटवाल नेपाल लोकतात्रिक फोरमबाट मेयर पदका उम्मेदवार दर्ता गर्ने तयारीमा थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया