MENU

खेल

Ncell Axiata
USAID

पेपेको गोलले मान्यता पाएन, रोनाल्डोको टिम पोर्चुगल बराबरीमा रोकियो

असार ५ – रुसमा भइरहेको फिफा कनफेडेरेशन कप फुटबलको आफ्नो पहिलो खेलमा युरोकप च्याम्पियन पोर्चुगल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल मेक्सिकोसँग २–२ को बराबरीमा रोकिएको हो । ३४ औं मिनेटमा रिकार्डो क्वरेज्माले गोल गर्दै पोर्चुगललाई सुरुवाति अग्रता दिलाए । तर ४२ औं मिनेटमा मेक्सिकोका जाभियर हर्नान्डेजले गोल गरेपछि पहिलो हाफमा खेल १–१ को बराबरी भयो । क्वारेज्माको गोल अघि पोर्चुगलका लागि पेपेले गोल गरेका थिए । तर भिडियो प्रविधि प्रयोग गरेर हेर्दा उनको गोल अफसाइड रहेको पाइएपछि रेफ्रिले मान्यता दिएका थिएनन् । ८६ औं मिनेटमा सेड्रिक सोअर्सले गोल गर्दै पोर्चुगललाई फेरि अग्रता दिलाए । तर इन्जुरी समयमा मेक्सिकोका लागि मोरेनोले गोल गर्दै खेल बराबरीमा ल्याए । पोर्चुगलका कप्तान रोनाल्डोले त्यसअघि हेडमार्फत गोल गर्ने सुन्दर प्रयास गरेका थिए । तर गोल भने हुन सकेन । समूह ‘ए’ मा रहेको पोर्चुगल बराबरीपछि एक अंकसहित तेस्रो स्थानमा छ । एक अंक नै रहेको मेक्सिको दोस्रो स्थानमा छ भने तीन अंकसहित रुस शीर्ष स्थाना छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया