MENU

राजनीति

Ncell Axiata

कञ्चनपुमा प्रमुख पदमा दुईजना स्वतन्त्र र एक बागी उम्मेदवार

दुर्गा उपाध्याय/उज्यालो । 

कञ्चनपुर, असार ५ – कञ्चनपुरमा प्रमुख पदका लागि दुईजनाले स्वतन्त्र उम्मेरदवारी दर्ता गरेका छन् । यसरी प्रमुख (मेयर) पदको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा भीमदत्त नगरपालिकामा कृष्णानन्द भट्ट, बेदकोट नगरपालिकामा विष्णुराम दमाई रहेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट एकजना बागी उम्मेदवार भएका छन् । लालबहादुर सिंहले पाटीसँग असन्तुष्ट रहेको भन्दै बागी उम्मेदवारी दर्ता गरेका हुन् ।

दोस्रो चरणको स्थानीय चुनावका लागि कञ्चनपुरमा १० वटा दलले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल, नेपाल कम्युनिष्ट पार्टी, माले, राष्ट्रिय जनमुक्ति पार्टी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिका र नेपाल दलित पार्टीले मनोनयन दर्ता गरेको मुख्य निवार्चन कार्यालयले जनाएको छ । 

९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा बाजागाजासहित निवार्चन अधिकृतको कार्यालयमा उल्लासमय रुपमा मनोनयन दर्ता भएको छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयनको समय तोकिएपनि दलहरुको ढिलाईका कारण मनोनयन दर्ताको प्रक्रिया अबेरसम्म लम्बिएको थियो ।

मनोनयन दर्ता प्रक्रियाका शान्तीपूर्ण तरिकाले सम्पन्न भएको मुख्य निवार्चन अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले ठूला तथा साना दल र स्वतन्त्र उम्मेदवार गरी ४ सय ४३ जनाको मनोनयन परेको बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया