MENU

खेल

Ncell Axiata

चिलीको विजयी सुरुवात, भिडाल र भार्गासको गोल

असार ५ – रुसमा भइरहेको फिफा कनफेडेरेशन कप फुटबलमा चिलीले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार राति भएको खेलमा क्यामरुनलाई २–० ले हराएर चिलीले विजयी सुरुवात गरेको हो । समूह ‘बी’ मा रहेको चिलीलाई जिताउन अटुरो भिडाल र एडुआर्डो भार्गासले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा चिलीले दुवै गोल अन्तिमको १० मिनेटमा गरेको हो । ८१ औं मिनेटमा भिडाल र इन्जुरी समयको पहिलो मिनेटमा भार्गासले गोल गर्दै चिलीलाई जित दिलाएका हुन् । जितपछि तीन अंकसहित चिली समूहको शीर्ष स्थानमा छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया