MENU

राजनीति

Ncell Axiata
NIC Asia

उदयपुरका ८ स्थानीय तहमा शान्ति पूर्ण रुपमा मनोनयन दर्ता

सुमित्रा कोइरला/उज्यालो । 

उदयपुर, असार ५ – यहि असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावका लागि आइतबार उदयपुरमा शान्तिपूर्ण रुपमा दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम लगायतका राजनीतिक दलले बाजागाजा, झाँकी र ¥यालीसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

उदयपुरको  ८ वटै स्थानीय तहमा दलहरुले उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता गरेका हुन् । सदरमुकाम रहेको त्रियुगा नगरपालिकामा कांग्रेस, एमाले र माओवादी तीन दलले नै आफूहरूले जित्ने दाबी गरेका छन् । कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले पहिलेको जस्तो अवस्था नभएको भन्दै आफूले जित्ने दाबी गर्नुभयो । यस्तै एमालेका उम्मेदवार बलदेव चौधरीले भने अन्य पार्टीले भन्दा आफूले बहुमत ल्याई विजय हासिल गर्ने दाबी गर्नुभएको छ भने अर्का मेयरका प्रतिस्पर्धी माओवादी केन्द्रका उमेदवा किरण राईले पनि बहुमतका साथ आफ्नो जित सुनिश्चित हुने बताउनुभयो ।  

त्यसैगरी कटारी नगरपालिकामा स्वतन्त्रसहित ६ जनाले मेयरमा उम्मेदवारी दिएका छन् । कटारी नपामा स्वतन्त्रबाट बुद्धिमान तामाङ मेयर काजीबहादुर राउत उपमेयरमा मनोनयन दर्ता गरेको जनाएका छन् । कटारी नगरपालिकामा उल्लासमय किसिमले मनोनयन दर्ता सम्पन्न भएको कटारी नगरपालिकाका निर्वाचन अधिकृत गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार कटारीमा मेयरमा ६ जना र उपमेयरमा ६ जनाले उम्मेदवारी दिएको जानकारी दिनुभयो । संघीय समाजवादी फोरम, राप्रपा, माओवादी केन्द्र, कांग्रेस, एमालेले क्रमश कटारीमा प्रर्दशनका साथ मनोनयन दर्ता गराएका थिए । कांग्रेस, एमालेमा प्रमुख आकाँक्षी रहेर उम्मेदवारी नपाएपछि चुनावी अभियानमा नदेखिएका नेताहरु समेत मनोनयन दर्ता प्रकृयामा उम्मेदवारका साथ साथै देखिएपछि मतदाताहरु उत्साहित देखिएका थिए ।

कटारी वडा नम्बर ५ मा स्वतन्त्र रुपमा वडाध्यक्षका उम्मेदवार शंकर राईले मनोनयन दर्ता गराएपछि सुरु भएको मनोनयन दर्ता प्रकृया बेलुका ५ बजे सकिएको थियो । मनोनयन दर्ता गराउन नगरका १४ वटै वडाबाट विभिन्न दलमा आवद्ध मतदाताहरु उल्लासका साथ नाच्दै गाउँदै कटारी प्रवेश गरी नारा जुलुस, सभा गर्दै नगरपालिका स्थित निर्वाचनको कार्यालय पुगेका थिए । विभिन्न भेषभुषा, बाजागाजासहित नगर परिक्रमा गर्दै दलको टोली क्रमशः मनोनयन दर्ता गराउन पुगेका थिए ।

३० हजार ९० जना मतदाता रहेको कटारी नगपालिकामा कांग्रेसबाट ज्ञानेन्द्रमान सिंह राउत, एमालेबाट ज्ञानेन्द्र श्रेष्ठ काजी, माओवादी केन्द्रबाट केपी बराल, संघीय समाजवादी फोरम नेपालबाट सुनिता सुनुवार, राप्रपाबाट माला तामाङ्ग र स्वतन्त्रमा बुद्धिमान तामाङ्गले मेयरमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरी उपमेयरमा कांग्रेसबाट निर्मला कार्की, एमालेबाट भिमकुमारी राउत, माओवादी केन्द्रबाट मिना कोईराला, संघीय समाजवादी फोरमबाट नारायण राई, राप्रपाबाट नरेन्द्र कार्की र स्वतन्त्रमा काजीबहादुर राउतले उम्मेदवारी दिएका छन् । कटारीमा कांग्रेस, एमाले र माओवादी केन्द्रबिच नै मूख्य प्रतिस्पर्धा देखिएको छ ।

उदयपुरगढी गाँउपालिकामा एकजना स्वतन्त्रसहित ५ जनाले प्रमुखमा मनोनय दर्ता गराएका छन । जसमा जितकुमारी राना मगरले प्रमुखमा मनोनयन दर्ता गराएको उदयपुरगढी गाँउपालिकाका निर्वाचन अधिकृत रुद्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

कार्कीका अनुसार काग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र संघीय समाजवादी फोरमले प्रमुख तथा उपप्रमुखमा मनोनय दर्ता गराएको जानकारी दिनुभयो । उदयपुरगढी गाँउपालिकाको सबै तहमा १३७ जनाले मनोनय दर्ता गरेको उनले जानकारी दिनुभयो । त्यसैगरी चौदण्डीगढी नगरपालिकामा भने स्वतन्त्रसहित १० जनाले मनोनय दर्ता गराएको चौदण्डीगढी नगरपालिका निर्वाचन अधिकृत पुण्यप्रसाद लुँईटेलले जानकारी दिनुभयो ।

जसमा ललितप्रसाद पञ्जियार र हिरामाया मगरले नगर प्रमुख मेयरमा स्वतन्त्र उम्मेदवारी मनोनय गरेको कार्यालयले जानकारी दिनुभयो । उपमेयरमा भने एकजना स्वतन्त्र मायादेवी राईले मनोनय दर्ता गराउनुभएको छ  । त्यसैगरी ताप्ली गाउँपालिका, सुनकोशी गाउँपालिका, रौतामाई गाँउपालिका, बेलका नगरपालिकामा पनि उम्मेदवारी दर्ता भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया