MENU

राजनीति

Ncell Axiata
USAID

उम्मेदवारमाथि दाबी विरोध आज, तीनवटै प्रदेशमा चुनावको उत्साह बढ्यो

काठमाडौं, असार ५ – दोश्रो चरणको चुनाव हुने ३५ जिल्लामा मनोनयन दर्ता गरेका उम्मेदवारमाथि सोमबार दाबी विरोध पेश गर्ने कार्यक्रम छ । दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ  ।

मनोनयन दर्ता गराएका उम्मेदवारले मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र मंगलबार नै ११ बजेदेखि साढे ११ बजेभित्र अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । मंगलबार नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिनेछ ।

आउँदो १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावका लागि तीनवटा प्रदेशका ३ सय ३४ वटा स्थानीय तहमा आइतबार उत्साहजनक रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको हो । दोस्रो चरणमा प्रदेश नं. १, ५ र ७ का एउटा महानगरपालिका, ७ वटा उपमहानगरपालिका, १ सय ११ वटा नगरपालिकाका र २ सय १५ वटा गाउँपालिकामा चुनाव हुँदैछ । यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

आइतबार मनोनयन दर्ता भएसँगै चुनावी प्रचार तीव्र भएको छ । गर्मी बढेपनि तराईका विभिन्न ठाउँमा चुनावी चहलपहल बढेको छ । चुनावको विरोधमा रहेका राजपा र नेकपा नेता कार्यकर्ताले समेत केही ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावको उत्साह झनै बढेको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एमालेका बागी उम्मेदवार निष्काशित

    झापा, असार १२ – नेकपा एमालेले स्थानीय तहको चुनावमा पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै सात कार्यकर्तालाई निष्काशन गरेको छ ।

  • घरदेखि मतदान केन्द्रसम्म सुरक्षा व्यवस्था कडा

    डोटी, असार १२ – प्रदेश नम्वर–७ को सुरक्षा व्यवस्था मजबुद बनाइएको छ । प्रदेश नम्वर–७ का क्षेत्रीय सुरक्षा समितिका संयोजक शुशिलकुमार ढुंगानाले सुरक्षा व्यवस्था मजबुद बनाइएको बताउनुभयो ।

  • गाउँसभा र नगरसभाको चुनाव भएको तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन

    काठमाडौं, असार १२ – निर्वाचन आयोगले गाउँसभा र नगरसभाको चुनाव भइसकेका जिल्लामा तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन दिएको छ ।

  • सुनसान भयो फिदिम बजार

    पाँचथर, असार १२ – स्थानीय तहको दोस्रो चरणको चुनाव हुनु दुई दिनअघि पाँचथर सदरमुका फिदिम बजार सुनसान भएको छ । फिदिम बजारमा अस्थायी रुपमा बसोबास गर्दै आएका मतदाता मतदान गर्न आ–आफ्नो गाँउ फर्किएपछि बजार सुनसान भएको हो ।

  • विराटनगरबाट ७ जना पूर्वमन्त्रीेले मतदान गर्ने

    मोरङ, असार १२ – विराटनगर महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट सात जना पूर्वमन्त्रीले मतदान गर्ने भएका छन् । पूर्वमन्त्री लालबाबु पण्डित, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गिरिराजमणि पोखरेल, उपेन्द्र यादव र गोपी आछामीले मतदान गर्नेछन् ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया