MENU

राजनीति

Ncell Axiata

तेह्रथुममा २ सय २७ पदका लागि ७ सय ८६ को उम्मेदवारी

प्रकाश धौलाकोटी/उज्यालो । 

तेह्रथुम, असार ५ – दुई नगरपालिका, चार गाउँपालिका र ४३ वटा वडा रहेको तेह्रथुममा २ सय २७ पदका लागि ७ सय ८६ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले आइतबार स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेको थियो ।

बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म दर्ता गर्ने र बेलुका ५ बजे नै उम्मेदवारी दिनेको नामावली प्रकाशन गर्ने भनिएको भएपनि राति १२ बजे मात्रै उम्मेदवारको मनोनयन सकिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याङलुङ्ग नगरपालिकामा ५२ पदका लागि १ सय ८६ जनाले उम्मेदवारी दिएका छन् ।

लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १ सय ४९ जना, आठराई गाउँपालिकामा ३७ पदका लागि १ सय ३१ जना, फेदाप गाउँपालिकामा २७ पदका लागि ८८ जना, मेन्छ्यायेम गाउँपालिकामा ३२ पदका लागि १ सय जना र छथर गाउँपालिकामा ३२ पदका लागि १ सय ३२ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिए । 

एक जना निर्वाचित हुने प्रमुख पदमा म्याङलुङ्ग नगरपालिकामा ९ जना, लालीगुराँस नगरपालिकामा ७ जना, मेन्छ्यायेम गाउँपालिकामा ४ जना, फेदाप गाउँपालिकामा ५ जना, आठराई गाउँपालिकामा ६ जना र छथर गाउँपालिकामा ११ जनाको उम्मेदवारी परेको छ । 

लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनको मनोनयन दलहरुले बाजागाजासहितको ¥यालीले बजार परिक्रमा गरी निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दर्ता गराएका थिए । जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा दलहरुबीच शक्ति प्रदर्शनको होडबाजी नै चलेको देखियो ।

विशेषगरी नेपाली कांग्रेसले विशाल जनप्रदर्शन गरेको छ । सदरमुकाम म्याङलुङ्ग, लालीगुराँस, छथर, आठराई, फेदाप लगायत क्षेत्रमा कांग्रेसले जनप्रदर्शन गरेको हो । एमालेले पनि कार्यकर्ताहरुको ठुलै भीड लिएर मनोनयन दर्ता गराएको छ । 

निर्वाचन आयोगका अनुसार दाबी विरोध, उम्मेदवारी फिर्ता र चेकजाँच समेत गरेर असार ६ गते ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । 

कुन स्थानीय तहमा को–को उम्मेदवार ?

म्याङलुङ्ग नगरपालिका

मेयर पदका उम्मेदवार

  • नेपाली कांग्रेस: रणविक्रम लिम्बु (कमल)
  • नेकपा एमाले: सन्जयकुमार तुम्बाहाम्फे
  • नेकपा माओवादी केन्द्र: नेत्रकुमार सोदेम्बा
  • मधेसी जनअधिकार फोरम: सुवर्ण सुवेदी
  • नेकपा माले: डिल्लीबहादुर बुढाथोकी 
  • नयाँ शक्ति पार्टी नेपाल: भगवान रिजाल
  • राप्रपा: टंकप्रसाद अधिकारी
  • राष्ट्रिय जनमुक्ति पार्टी: कुमारबहादुर लिम्बु
  • स्वतन्त्र: तारकबहादुर तुम्बाहाम्फे

उपमेयर पदका उम्मेदवार

  • नेपाली कांग्रेस: उमादेवी कार्की
  • नेकपा एमाले: पार्वता सानु डाँगी
  • नेकपा माओवादी केन्द्र: शोभा दाहाल
  • नेकपा माले: मुना दाहाल
  • राप्रपा: पविमाया कार्की
  • राष्ट्रिय जनमुक्ति पार्टी: फुलमाया लिम्बु

लालीगुराँस नगरपालिका

मेयर पदका उम्मेदवार

  • नेपाली कांग्रेस: अर्जुन माबोहाङ
  • नेकपा एमाले: कमलबहादुर खड्का
  • नेकपा माओवादी केन्द्र: गणेशकुमार लिम्बु
  • मधेसी जनअधिकार फोरम: इन्द्रनारान लिम्बु
  • नयाँ शक्ति नेपाल: नेत्रकुमार केबुहाङ
  • स्वतन्त्र: वीरबहादुर लिम्बु
  • स्वतन्त्र: ईश्वर श्रेष्ठ

उपमेयर पदका उम्मेदवार

  • नेपाली कांग्रेस: तिला पोखरेल
  • नेकपा एमाले: जमुना मगर कार्की
  • नेकपा माओवादी केन्द्र: प्रेमकुमारी अधिकारी
  • नेकपा माले: छत्रबहादुर लिम्बु

आठराई गाउँपालिका

अध्यक्ष पदका उम्मेदवार

  • नेपाली कांग्रेस: नारायणकुमार ईङनाम
  • नेकपा एमाले: मानबहादुर लिम्बु
  • राप्रपा: धनराज कन्दङवा
  • संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च: मृगेन्द्रजङ्ग ईङनाम
  • नयाँ शक्ति पार्टी नेपाल: टीकाराम गुरुङ
  • स्वतन्त्र: सुवास फोम्बो

उपाध्यक्ष पदका उम्मेदवार

  • नेकपा माओवादी केन्द्र: रमिला खनाल
  • नेकपा एमाले: रुपादेवी कन्दङवा
  • राप्रपा: वर्षा ईङनाम
  • संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च: चुङवान्मा कन्दङवा
  • नयाँ शक्ति पार्टी नेपाल: हीमा दंगाल

फेदाप गाउँपालिका

अध्यक्ष पदका उम्मेदवार

  • नेपाली कांग्रेस: केशवप्रसाद भेटुवाल
  • नेकपा एमाले: हरिप्रसाद चोङवाङ लिम्बु
  • संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च: तिलविक्रम लिम्बु
  • नयाँ शक्ति नेपाल: होमप्रसाद ढकाल
  • स्वतन्त्र: टंकप्रसाद भट्टराई

उपाध्यक्ष पदका उम्मेदवार

  • नेकपा माओवादी केन्द्र: गंगांप्रसाद लिम्बु
  • नेकपा एमाले: गीतादेवी थापा
  • संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च: रहिता ईङनाम
  • नयाँ शक्ति पार्टी नेपाल: दिलकुमार लिम्बु

मेन्छ्यायेम गाउँपालिका

अध्यक्ष पदका उम्मेदवार

  • नेपाली कांग्रेस: देउबहादुर लिम्बु
  • नेकपा एमाले: यादवबहादुर खापुङ
  • नेकपा माओवादी केन्द्र: फुर्वी शेर्पा
  • नयाँ शक्ति पार्टी नेपाल: हरिप्रसाद चोङवाङ

उपाध्यक्ष पदका उम्मेदवार

  • नेपाली कांग्रेस: गीतादेवी तिम्सिना
  • नेकपा एमाले: दिलकुमारी शंकर
  • नेकपा माओवादी केन्द्र: बसन्तसिंह लिम्बु
  • नयाँ शक्ति पार्टी नेपाल: फुलमाया शेर्पा

छथर गाउँपालिका

अध्यक्ष पदका उम्मेदवार

  • नेपाली कांग्रेस: टेकराज तिगेला
  • नेकपा एमाले: सन्तवीर लिम्बु (सन्तोष)
  • नेकपा माओवादी केन्द्र: तेजबहादुर कटुवाल
  • राप्रपा: छत्रबहादुर कार्की
  • नेकपा माले: विष्णुकुमार सिंह ठकुरी
  • राष्ट्रिय जनमोर्चा: सुर्जबहादुर भट्टराई
  • राष्ट्रिय जनमुक्ति पार्टी: सुकबहादुर लिम्बु
  • नयाँ शक्ति पार्टी नेपाल: युद्धलक्ष्मण भट्टराई
  • स्वतन्त्र: भिमकुमार लिम्बु
  • स्वतन्त्र: गोविन्दबहादुर सुनुवार
  • स्वतन्त्र: कृष्णप्रसाद दाहाल

उपाध्यक्ष पदका उम्मेदवार

  • नेपाली कांग्रेस: हीमामाया पौडेल भट्टराई
  • नेकपा एमाले: तारा खरेल
  • नेकपा माओवादी केन्द्र: लिलामाया लिम्बु
  • राष्ट्रिय जनमुक्ति पार्टी: पवित्रा लिम्बु
  • नयाँ शक्ति नेपाल: कोपिला कार्की
  • स्वतन्त्र: चुना खुलाल

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया