MENU

समाज

Ncell Axiata
NIC Asia

नवलपरासीको पाल्हिनन्दनमा भेटिएको शंकास्पद बस्तु सेनाले हटायो

नवलपरासी, असार ५ – नवलपरासीको भेटिएको शंकास्पद बस्तु सेनाको टोलीले हटाएको छ । पाल्हिनन्दन–४ मा फेला परेको शंकास्पद बस्तु बिहान परासीबाट गएको नेपाली सेनाको टोलीले हटाएको हो ।

परासी–महेशपुर सडकखण्डको कुश्मा महेशपुरको बिच भागमा झोलामा पोको पारेर शंकास्पद बस्तु आइतबार राति राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद चौधरीले झोलामा शंकास्पद बस्तु राखेर त्रास फैलाउन खोजिएको र बम नभएको प्रष्ट पार्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया