MENU

खेल

Ncell Axiata
NIC Asia

रोनाल्डोको म्यानचेस्टर युनाइटेड फर्किने चाहनाः सक्दो प्रयास गर्न एजेन्टसँग आग्रह

असार ५ – रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड फर्किन चाहेका छन् । रोनाल्डोले आफ्ना एजेन्टलाई आफू म्यानचेस्टर युनाइटेड फर्किन चाहेको र आफ्नो यो सपना पूरा गर्नका लागि आग्रह गरेको बेलायती पत्रिका द सनले लेखेको छ । रोनाल्डोले एजेन्ट जर्ज मेन्डेसलाई म्यानचेस्टर युनाइटेडसँगको अनुबन्धका लागि सम्भव भएकासम्मका सबै प्रयास गर्न आग्रह गरेको द सनले दाबी गरेको छ । रोनाल्डो ८ वर्षअघि म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल मड्रिड गएका थिए । तर कर छलीको आरोप र त्यसबाट रोनाल्डो निशास भएको तथा रियल छोड्न चाहेको खबर गएको शुक्रबारदेखि आएको छ । यहिबिचमा रोनाल्डोले पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्कने इच्छा व्यक्त गरको र त्यसका लागि सकेजति प्रयास गर्न एजेन्टलाई भनेको खबर आएको हो । यो सिजन रियल मड्रिडलाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउनका लागि महत्वपूर्ण भूमिका खेलेका रोनाल्डो अहिले कनफेडेरेशन कपका लागि रुसमा छन् । समूह ‘ए’ मा रहेको पोर्चुगल आइतबार राति भएको खेलमा मेक्सिकोसँग २–२ को बराबरीमा रोकिएको छ । यो खेलमा रोनाल्डोले रिकार्डो क्वरिज्माको गोलका लागि सहयोग गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया