MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

तराई मधेसको भूराजनीति र राजपाको स्वार्थ

विनोद न्यौपाने -

उत्तरतिर रहेको ‘इन्डो गंगेटिक’ मैदान, जहाँ हाम्रो तरार्इ अबस्थित छ । यसको क्षेत्रफल  ३३९९८.८ वर्ग किलोमिटर र पुरै नेपाल हिसाब गर्दा २३.१५ भूभाग ढाकिएको क्षेत्र नै हाम्रो तराई – मधेस हो । यो हिन्द कुश हिमालयन क्षेत्र हो । नदी किनारमा मानवीय वस्ती विकसित भएको हो । समय र स्पेस अनुसार यस भूभागमा विकसित भएका राजनैतिक, सामाजिक र आर्थिक क्रियाकलापहरु हुन् । जुन अहिले हामी बेहोरिरहेका छौ । यी सबै मानव निर्मित हुन् ।  

ठूलो ब्रम्ह पुत्र, गंगा हुँदै साना कोशी, कर्णाली र नारायणी जस्ता उत्तरतिरबाट दक्षिण बगेका छन् । यो भूमि हिमालयको फेद, पेरेनियल नदी र मौसमी नदीले थुपारेको पाँगो माटो नै मानवीय जीवनको आधार भूमि हो । मुलतस् यो तराइ – मधेस भुमि माथिल्लो हिमालयन क्षेत्रसँग बाढी, पहिरो, वर्षा, वातावरणसँग पूर्णतया भित्रि सम्बन्ध छ । वर्षैपिच्छे आएको बाढीले हामीलाई गरिबीको रेखातिर धकेल्छ अनि धेरै नेपालीले ज्यान गुमाएको तत्थ्य हामीसँगै छ ।
अझ मानवीय पूर्वाधारका लागि पूर्वाधारका लागि चाहिने ढुंगा, गिटी, बालुवा, सिमेन्टको मूल स्रोत नै यही देखिन्छ ! यी सबै बुझ्न काराकोरम पामिर, हरप्पा सम्भ्यता, गोठ ( गोठालो बसाइ सराइ – उत्तर र भारतीय सिमानामा जोडिएका दुवै क्षेत्रको, मुसलमान राजाहरुको आक्रमण, घुम्ती चरन, हिन्द कुश हिमालयन क्षेत्र, यस क्षेत्रमा छिरेका ‘X’ र ‘Y‘ क्रोमोजम, रहेका ८ प्रकारका नश्लहरु सबै बिस्तृत अध्ययन गर्नपर्छ । त्यो यहाँ सम्भव देखिन । त्यसैले धेरै चर्चा गरिन । 

लागौं अहिलेको समयमा भैरहेको राजनैतिक – आर्थिक साङ्गोपागों तिर । यो समय भनेको ग्लोबलाइजेसनको समय हो । यसभित्र कसरी नेपाली समाज जातीय, धार्मिक, साँस्कृतिक, भाषा आदि  संरचनाभित्र परिवर्तन भैरहेको छ । यहाँ भित्र लोकल नेटवर्किङ, नायकहरुको पहिलेको स्थान  कसरी परिवर्तन हुँदै गएको छ । तराई मधेसमा सामाजिक र राजनैतिक परिवर्तन कसरी हुँदै गएका छन् । सानो पाटो लिएर यो छलफल ल्याएको छु, अझ धेरै बुझ्न अध्ययन नै गर्नुपर्छ ।

मुलत: स्पेस फ्रेमिंग र समय फ्रेमिंग बुझौं 

सन् १९६० दशकतिरै नेपाल छिरेको ग्लोबलाइजेसनको प्रक्रिया र प्याटर्नमा विश्व समुदायलाई ग्लोबल नेटवर्कमा बस्तु, मेटेरियल, सूचना र संचार, संस्थागत समामिप्यता आदिका कारण एकीकृत रुपले जोड्यो । यो प्रक्रियामा विश्लेषण गर्दा धेरै क्षेत्रहरु जस्तै आर्थिक विकास, वृद्धि र बजारको फैलावट, अन्तर्राष्ट्रिय र राष्ट्रिय लेबलको विभाजन, खाद्य सुरक्षा, बसार्इंसरार्इ, अन्तर्राष्ट्रिय रोजगारी, रेमिट्यान्स र सामाजिक पुनर्संरचनामा धेरै परिवर्तन आएको हिजो र आजको फरक भेटिन्छ ।

यसमा हाम्रो कनेक्टिभिटी सजिलो भएको तराइ अछुत बस्न सक्ने कुरै भएन ।  जुन, तरार्इका जमिन्दारका प्रवृत्ति, सामन्ती पद्दति, छुवाछुत आदि सामाजिक र आर्थिक संरचनाको जराहरु – मिश्रित खुल्ला अर्थ व्यवस्था, निजीकरण, बित्तियकरण, पहिचान, मानब हक अधिकार, सम्पत्तिमाथिको आफ्नो अधिकारले हल्लाईदियो र हल्लाउँदैछ । महाजनले खाने मसिनो र नरम चामल, महाजनकहाँ काम गरिदिनुपर्ने बाध्यता छुट्दै र टुट्दै गए । अब, सन् १९९० पछिको परिस्तिथिले बाह्य मुलुकमा काम गर्न जाने बाटो खुल्यो । हिजोका तरार्इका हरुवा चरुवा महाजनले खाने चामल १ छाक भए पनि किनेर खान सक्ने अबस्थामा आइपुग्यो । छुट्याएर भात दिने, दहेज दिने, बोक्सी भनेर कुट्ने, उपल्लो जातले छोरा छोरी नपाउञ्जेल घर भित्रै बुहारीलाई दिउँसो शौच गराउने, लुगा, जुत्ता सिलाउनेलाई वार्षिक केही कट्ठा धान दिने सामाजिक र आर्थिक संरचनामा परिवर्तन आए ।

मुलत: डेमोग्राफिक (उमेर, लिंग, बिबाहको स्तिथि, नस्ल, जातजाति, आम्दानी र पेसा आदि), मिल्यु (मानिसको आर्थिक – सामाजिक क्रियाकलाप, भौतिक र सामाजिक अवस्था), भूगोल, Ethnicity,  सामाजिक बिखन्डन, सामाजिक संरचना, विपद व्यवस्थापन, मूल्य, मान्यता  र जातीय कोहेसिब बोन्ड, जमिनको अति असमान स्वामित्व र भूमिमा आधारित शोषण, हिजोको द्वन्द्वका संरचनागत कारणहरु सबै छरप्रस्ट बाहिर आए, परिवर्तन भए । जुन समानुपातिक सभासद सम्धी, श्रीमती, पैसोमा बेचेको सबैले जान्ने मौका र भैंँसी दाइजो नपाए बिहे गर्दिन समेत नेपाली समाजमै पोखियो ।  

तराईका जिल्लाहरुमा ११८ जात–जाति बसोबास गर्दछन भने, ६५ भन्दा बढी भाषा–भाषीले आ–आफ्नो मातृभाषाको प्रयोग गरेका छन् ! तराइको हैकम, जमिन्दारी प्रथा पुरानो हो । सन् १८६१ राणाकालिन अवस्था भन्दा अघिदेखि उनीहरु ठूलाबडासँग हिमचिम रहेको देखिन्छ । अहिलेको यो पुँजीपतीय अवस्थामा  भूमिसुधार, शिक्षा, बसार्इंसरार्इं र खुला भारतीय बोर्डरले गर्दा ल्याइपुर्याएको हो । जमिन्दारी प्रथाको अर्को रुप अहिले देखिएका तरार्इका इलाइट वर्गहरुको संरचना हो । यो वर्ग बाठो छ, लबिंग सेन्टरमा जिओ पोलिटिक्स अन्तर्गत क्षेत्रीय प्रभुत्वको लागि काम गर्छ तर स्थानीय तहमा आधार छैनन् । संरचना भत्किएको अवस्थामा छ ।  

परिवर्तित क्लास हेर्दा, हाम्रो समाजभित्र यस्तो देख्दछु:  

१) सबैभन्दा माथि अहिले, प्लुटोक्रेसी र इलाइटस  जोसँग प्रशस्त आम्दानी छ । हिजो शक्ति हातमा थियो र शक्ति हातमा छ । ०४६ पछि पलाएको वर्ग । नयाँ सामन्ती जो, सत्ता अर्काको हातमा नजाओस र पूँजी संकलन गर्न पाइराखियोस भनेर काम गरिरहन्छ । साम, दाम र दण्डभेद सबै प्रयोग आफ्ना स्वार्थको लागि गर्दछ । यही वर्गको एक चिरा हो, अहिलेको राजपा, जुन पुरानो आफ्नो शक्ति संचय गर्न र प्रयोग गर्न धौ धौ अवस्थामा छ । स्थानीय तहको चुनाव ठूलो घाँडो भएको छ, आधारभूत आधार भत्किसकेको छ । अहिलेको सामाजिक संरचनामा उसको पुरानो हैकमी पद्दति छिराउन प्रयासरत छ । तर संरचना भत्किसकेको अवस्था छ । हिजो सत्तामा रहँदा स्रोत र साधन आफ्नो अनुकूल बनाउन बाहेक यो तरार्इको यो वर्गले कोही तराईबासी र मधेसी देखेन ।

स्व मनमोहन अधिकारीकै पालादेखि सरकारले सुरु गरेको आफ्नो गाउँ आफैं बनाऔंको स्थानीय निकायमा गएको बजेट र सांसद कोषको रकम आफ्ना मान्छे र लगौटिया कार्यकर्ता पोस्न सबैजसो दुरुपयोग गर्यो । त्यो हेर्न शिक्षा, स्वास्थ्य, सर–सफाइ, औसत आय, औसत आयु, शिशु मृत्युदर, विकासका पूर्वाधार, शौचालय, खानेपानीसहितको अवस्था तरार्इको हेर्दा पुग्छ । गौर, जनकपुर र कलैया बजारको स्तिथि हेर्दा छर्लंग देखिन्छ ।    

२) दोस्रो वर्ग: स्यालारियेट्स् (बसी बसी रोजगारी सुरक्षित हुने वर्गस् तलब, पेन्सन, सरकारी सुबिधा लिने वर्ग): भुपुहरु यसभित्र राखेको छु । यो वर्गको सामाजिक सुरक्षा भत्ता भोलि कसरी राज्यले थाम्ने हो, अवस्था राम्रो देखिदैन ।

३) तेस्रो वर्ग: काम गरी तलब खाने वर्ग (पूरा समय काम गर्ने लेबर, सामान्य जीवन व्यतित गर्ने वर्ग)

४) चौथो वर्ग: पुरानो कार्य गरिरहेको वर्गस् पुरानै शैलीमा लुरु लुरु मजदुरी गरिरहेको वर्ग ।

५) पाँचौ वर्ग : प्रिक्यारीयेट (Precariat) वर्ग (खतरनाक वर्ग): धेरै संख्यामा रहेको वर्ग, जो राजनीतिक रुपले संख्यात्मक रोजगारीमा हुन्छ । जस्तै पार्टीका सदस्यहरु । आम्दानीको वितरण २० औं शताब्दीको अन्ततिर कोल्याप्स, ग्लोबलाइजेसनको उदयसँगै छटपटाहटमा छ यो वर्ग ।

स्थानीय स्तरमा नायकत्व 

वास्तविक आधारभूत आधारहरुको अध्ययन बेगर, सूचकांक बेगर बनाइएका प्रदेशहरुमास प्रदेश नं २ जसमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला छन् । यहाँभित्र यादव, मुस्लिम, थारू, तेली, कोइरी, चमार, धानुक, मुसहर आदि बसोबास गर्छन् । राज्यको अवसरबाट तल्लो जातिका मानिसहरुलाई मुख्यत टाढा पार्ने उत्प्रेरकको भूमिका त्यही रहेका इलाइट वर्गहरुले खेलेको देखिन्छ । किनकी यो सरकारी सुविधाहरु, आरक्षण आफै प्रयोग गर्छ ।

यी इलाइट वर्गका दलाल वुद्धिजीवि वर्ग तल्लो जातका घर पसी खाएको, नमस्कार गरेको नाटक गरेर दलाल पूँजीपतीय चरित्र प्रदर्शन गरी प्रजात्रान्त्रिक पद्दतिमा स्थापित गर्न गराउन लागेको कसरत देखिन्छ । उनीहरु निकै चातुर्यता देखाउन खोज्छन । तर सूर्य हत्केलाले छोपिंदैन । अनेक नागरिक समाजदेखि मानव अधिकारका ढ्वांग फुकेको पढ्न पाइन्छ ।

मानव विकास सूचक (Humanelopment Index) र प्रतिवेदन हेर्दा तरार्इको राम्रो छैन, यहाँ उनीहरुको मूल स्वार्थ र उदेश्य: Restoration of Power र एकीकृत पूँजी संकलन नै हो । जुन राजपा  सहितका पार्टीहरुले गरे र गरिरहेका छन् ।  

तल्लो जातजाती र गरिबीको रेखा मुनि रहेका तरार्इमा बसोबास गर्ने नेपालीहरुलाई हेरेनन् । तर उनले आफ्नो वर्गीय संरचना सामाजिक र आर्थिक परिवेश भित्र भत्किरहेको देख्न सकेनन् । यो यहाँ आएर जोडिन्छ राजपा जस्ता दलाल पूँजीपतीय पार्टीले स्थानीय चुनावमा भाग लिनु/नलिनु  ।

स्थानीय निकायको चुनाब तल्लो स्तरमा रहेको नेपाली, उसलाई दिने सेवा र सुविधा स्थानीय स्तरमा पुर्याउन कार्यात्मक कार्य अनि सार्वजनिक उत्तरदायित्त बेहोर्नुपर्ने कार्य हो । भोलि यही व्यवस्थामा प्रदेशमा जाने र केन्द्रमा जाने खुड्किलो हो । अर्थात यो आधारभूमि, आधारभूत धरातल हो ।   

थोरै लागौं, राजपा पार्टीतिर  

राजपाले सकेसम्म चुनावमा पनि भाग लिंदैन । पार्टीको स्थायी आधारभूमि भनेको स्थानिय तह हो । राजपा पार्टी पूर्णतया तराइका प्रथम नं १ मा पर्ने इलाइटसहरुको पार्टी हो । यसले कतिवटा स्थानिय तहमा चुनाव जित्छ ? यो देख्दा सजिलो भएपनि राजनैतिक – अर्थशास्त्रको गम्भीर प्रश्न हो । आर्थिक र सामाजिक संरचना भित्रका परिवर्तित रुप केलाउने कष्ट गर्नुपर्छ । हिजोका दिन संविधान बनाउँदाका ८ वर्षसम्म यसका नेतृत्व तहले मन्त्री, सांसद भएर आफूमात्रै खाएको सारा तराइको र मधेसको सर्बसाधारण मान्छेले बुझेको छ । 

खुला बोर्डर, सामप्यिता, शिक्षा आदिले तरार्इमा सामाजिक रुपान्तरण र भारतीय राजनीति र नेपाली राजनीतिले ल्याएको छ । उसले गरेको हरेक बनीयागिरीका क्रियाकलापहरुलाई  राजनीति भनेर परिभाषित गर्दछ । ग्लोबलाइजेसन – नव उदारवादको Impacts, विकृतिहरु यिनले आर्थिक र सामाजिक पक्षबाट ठम्याउन सकेको देखिदैन । यो वर्गको नाटक बुझ्ने पहाडी र मधेसी भैसकेको उस्ले सोच्दैन । यो वर्ग सत्ताको आफू कुर्सीमा रहुन्जेल मात्रै स्रोत र साधनमा व्यक्तिगत फाईदा लिने मात्रै काम गरे । अझ, उनीहरुले हिजो भूकम्पले पीडित नेपाली सबैलाई भारतले लगाएको आर्थिक नाकाबन्दी चर्काउन (राजनैतिक दृष्टिकोणबाट मात्रै हेरेर बिश्लेषण गरे) गाउँ गाउँबाट बिभिन्न जातजातीका मानिस ट्याक्टर र ट्रकमा बोकेर ल्याए । अनि प्रयोग गरे । त्यसबाट मानिसहरुमा सचेतना आउँछ । सेन्टर – रिसिभर बीच आदान प्रदान र भौगोलिक सामिप्यताले संस्थागत सामिप्यता बढाउँछ भन्ने ख्याल गरेनन् । सामाजिक – आर्थिक संरचनालाई जोडेर राजनीतिको बाटो निर्क्यौल गर्छ भन्ने हेक्का यिनलाई हुने कुरै भएन । अब, प्रजातन्त्रको स्वाद त मधेस बस्नेले पनि सन् १९९० देखि चाखेर नै ल्याएको छ ।  

गाउँमा गएको बजेट र बाटो नबन्नु, विकास नहुनु यिनिहरुले खाएर हो भन्ने सबै तरार्इ – मधेसका सर्वसाधारणले बुझेको देखिन्छ । जुन जोसुकै गाउँलेले सजिलै भन्दछ । पुरानो सामन्ती प्रथा, आफ्नै चलिरहेको जातीय संस्कार भत्काउन यिनिहरु (जानेर/नजानेर) लागे । धेरैजसो तरार्इका पार्टीहरु, जातीय आधारमा रहेका छन्  । सैद्धान्तिक आधार सामान्य भन्दा सामान्य केही छैन । ग्लोबलाइजेसनको सामाजिक र आर्थिक क्षेत्रको बिखन्डनकारी भूमिका बुझ्न सकेनन् ।  भएको परिवर्तन जस्तै: स्पेस फ्रेमिंग ग्लोबल वातावरण आँखाले देख्न भ्याउने (क्षितिज) तत्वहरु जसले विषयवस्तुमाथि परिवर्तन गराइरहेको हुन्छ र टाइम फ्रेमिङ चलिरहेका सामाजिक सिद्दान्तहरुमाथि कसरी व्यक्ति, समूह, समाज, संगठन, कुनै कुरो लिनेदिने व्यक्तिको क्षमता, संचार र वास्तविकता, अझ एस भित्र सामाजिक संरचना र त्यही समयमा चलिरहेका सामाजिक पद्दति, प्रक्रिया र निर्माण फिटिक्कै बुझेनन् या बुझ पचाए । अब, रह्यो स्थानीय तहमा आधार भूमि, सिद्धान्त नभएपछि, प्रदेश र केन्द्रिय चुनाव दर्शन ढुंगो चपाएसरी हुने नै भयो । सबै पैसोले चलाउने कुरो आयो, लबिङ सेन्टरमा पनि कति पैसो माग्ने र दिने ?

लबिङ सेन्टरलाई फाइदा हुने भए मात्रै सहयोग गर्छन् । यो सारा विश्वमै देखिएका कुरा हुन् । मधेसमा रहेका NGO/INGO मार्फत उपलब्ध गराइने रकम पनि विकासको पार्टनरसिप एप्रोच अन्तर्गत जाने हो । त्यसका पनि आफ्नै सीमितता, उदेश्यहरु रहेका हुन्छन् । जोगीलाई कसले पुरै सहयोग गर्ने ? भोलि त्यो निर्णायक पदमा पुग्दैन, नेपाल जस्तो मुलुकमा बम र बारुद पड्काएर हुँदैन । यहाँ त कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका ठूला पदहरुमा आफ्ना मान्छे भर्ना गरेर आर्थिक र सामाजिक निर्णय आफ्ना उदेश्य अनुकूल बनाउनु हो । त्यसैले मधेस – तरार्इमा अध्ययन गर्ने हो भने धेरै सामाजिक र आर्थिक क्षेत्रभित्र संरचना परिवर्तन भएको छ । यो साह्रै मननीय छ । अझै धेरै अध्ययनको खाँचो छ । त्यसैले यो पार्टीमा लागेर आएका र अहिलेसम्म हैकममा चलेका इलाइट्स्को भविष्य अन्धकार देख्दछु । 

के मा समाउनु र के मा टेक्नु ? 

पहिलेदेखि नै यो इलाइट्स वर्गलाई, केही आधारभूमि नभएकाले संबिधान संशोधन तेर्साएका हुन् । जुन स्थानीय स्तरमा आफ्नै भाषा चलाउन कसैले रोकेको छैन । तेर्सो वारिपारी प्रदेश बनाउन चाहिँ उनीहरु छिमेकी मुलुकबाट निर्देशित भएको देखिन्छ । साँच्चिकै भन्ने र संघीयताकै मुलभूत आधार, मानवीय भूगोल र आर्थिक भूगोल हेर्ने हो भने यो प्रदेशहरु उत्तर – दक्षिण जानु पर्दथ्यो । जुन, शुरुमै भौगोलिक आधार कोट्याएको छु ।ऐले यी इलाइट्सहरुको पार्टीलाई नुन चटाउँदै लबिङ सेन्टर यिनलाई हल्लाउँदैछ । हिजो नाकाबन्दीका बेला र अरु बेला प्रयोग गरिएका तरार्इका गरिबीभित्र रहेका र तल्लो जातजाति नै यिनको लागि घाँटीको हड्डी भएको प्रष्ट देखिंदै जानेछ । 

लगभग, यो पार्टी पार्टीगत रुपमा स्थानीय तहको चुनावमा आउन कठिन देख्दछु । किनकी यो चुनावमा आउनु भनेको कात्रो किनिवरी, अस्तु बोक्ने टालो तयार गरी आउनु हो । अब, अन्य प्रदेशको   चुनाव हुँदैछ, अब यी इलाइट्सहरुलाई कसले भूमि बोकेर प्रदेश भने अनुसारको सीमांकन राखेर तयार गरिदिन बसेको छ । यी सबै बिकृतिहरुको जड आधारभूत आधारमा रहेर सीमांकन, संघियता नल्याई यो एकात्मक संघियता र विकेन्द्रीकरणमा स्वार्थ अनुकूल देशलाई हुल्नु नै हो ।  अहिले भैरहेका, क्षेत्रीय प्रभुत्वका दाउपेच, नवउदारवादका विकृति, सामाजिक बिखन्डन, संरचनामा आएका परिवर्तन  र आर्थिक क्षेत्र भित्रको संरचनागत परिवर्तनले विवेकशील र साझाले भोट ल्यायो । कांग्रेस – एमालेको फ्रस्टेसन मात्रै यो भोट होइन भन्ने देखाउँछ । मान्छे मुर्ख भएर दिएको भोट् होइन, त्यो रु २०/२१  हजार मान्छे मुर्ख हुन्छन् ?  अहिलेको अन्य पार्टीका हालत हेरौं माओवादी, कांग्रेस र एमाले हिजोको परिस्थिति भन्दा जटिल मोडमा देखिन्छन् ।

अहिले चुनावमा मिलेर मान्छे मिल्नु खुट्टा थरथरी कमाएर हो । मुलत : सामाजिक र आर्थिक रुपान्तरनले गर्दा हो । लोकल नेटवर्किङ भनेको ईन्टरनेटले ल्याएको Proximity, प्रविधि, द्वन्द्व, समाधान, सहमतिलाई बुझेको जस्तो लागेन । संगठनात्मक संरचना, पद्दतिमा यिनले पुनर्संरचना नगरे १० वर्ष उता यी पार्टीहरुको भविष्य राम्रो देख्दिन । भारतमा भारतीय कांग्रेस र हाम्रोमा  प्रजा परिषद हराए झै हराउने छन ! कि लबिंग सेन्टरले चारो हाले मात्रै, राजपामा रहेका इलाइट्सहरु छड्के फड्के लागे मात्रैस यिनको पार्टीगत भविष्यमा ड्याम्मै ढोका लाग्दैछ । राजनैतिक-अर्थशास्त्र बदलिंंदो छ । आर्थिक र सामाजिक संरचना परिवर्तनशील, स्पेस र टाइम फ्रेमिङ अनुसार कुदेका छन् ।

अस्तु !

  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • भविष्यको चिन्ता हुनेहरूका लागि...

    शिक्षक भएका बखत ठूलो भएपछि के बन्ने भनेर सोध्यो भने मैले सोधेका धेरैजसो बच्चाको जवाफ डाक्टर, पाइलट वा इन्जिनियर हुन्थ्यो । मैले नै पनि सानामा धेरैलाई यस्तै जवाफ दिएकी हुँ ।

  • मध्य रातमा आँखै अगाडि पहिरोले लग्यो, कालले लगेन

    बिर्सन खोज्दा पनि मस्तिकमा अझै त्यही पहिरो आउँछ । जहाँ बिहीबार मध्यराति दुईजना प्रहरीले ज्यान गुमाए । दुईजना अझै वेपत्ता छन् । तर मृत्युको मुखबाट हामी उम्कन सफल भएका छौं ।

  • एसइई पछिको सजिलो बाटो, उच्च शिक्षा छनोटका ७ आधार

    एसइई पछिका दुई वर्ष अर्थात ११ र १२ कक्षाको पढाई विद्यार्थीका लागि धेरै महत्वपूर्ण तह र अवधि हो । यसले विद्यार्थीको भावी अध्ययनको मार्गदर्शन मात्र गर्दैन उनीहरुको भावी पेशा र क्षेत्र र करियरको निक्र्योल पनि गर्छ ।

  • मधेसको आन्दोलन र चुनावी माहौल

    निर्वाचन नै वास्तविक जनादेश हुने भएकाले हरेक राजनीतिक दलहरु आफ्ना एजेण्डाका साथ चुनावमा जानुपर्छ । दलहरुले बोकेका एजेण्डामा नागरिकको साथ रहेको नरहेको चुनावले नै निर्धारण गर्दछ । लोकतान्त्रिक अभ्यास गरिरहेका हरेक मुलुकमा चल्दै आएको चलन पनि यहि नै हो, र उपयुक्त व्यवस्था पनि ।

  • हैजा सधैँ काठमाडौं उपत्यकामा नै किन ?

    यो वर्ष पनि ललितपुरमा हैजा देखिएको छ । अघिल्लो वर्ष पनि ललितपुरमा हैजाका बिरामी भेटिएका थिए । ललितपुर, भक्तपुर र काठमाडौं यी सबै काठमाडौं उपत्यका भित्रैका जिल्ला हुन् । विगतमा अक्कलझुक्कल काठमाडौं उपत्यका बाहिर प्रकोपको रुपमा हैजा देखिने गरे पनि उपत्यकाभित्र भने हैजा सदाबहार रोग जस्तै बनेको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया