MENU

राजनीति

Ncell Axiata
USAID

केपी ओलीले नमानेपछि रोकियो प्रधानन्यायाधीश सिफारिस

काठमाडौं, असार ५ – प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष बिहीन भएको छ । सिंहदरबारमा बसेको परिषद बैठकको एजेण्डा भावी प्रधानन्यायाधीश सिफारीस गर्ने भए पनि बैठक कुनै निर्णय नै नगरी उठेको हो ।

न्यायपरिषदले सिफारिस गरेका सर्वोच्चका वरिष्ठतम न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । एक नम्बरमा रहेका न्यायाधीशलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारीस गर्ने परम्परा छ । जसअनुसार कायम मुकाय प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भावी प्रधानन्यायाधीश सिफारीस गर्नुपर्ने भए पनि परिषद्का सदस्यसमेत रहेका विपक्षी दलका नेता केपी शर्मा ओलीले थप अध्ययन गर्नुपर्ने बताएपछि निर्णय हुन नसकेको हो ।

जेठ २४ गते प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाएपछि सर्वोच्च अदालत कायम मुकायमको भरमा चलेको छ । न्याय परिषदले जेठ ३० गते प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो ।

सिफारिसमा कामु प्रधानन्यायाधीश पराजुली, न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, जगदिश शर्मा पौडेल रहनुभएको छ । सिफारिसमा पर्नुभएका देवेन्द्रगोपाल श्रेष्ठले अवकास पाइसक्नुभएको छ । संवैधानिक सिफारिसलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ती हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एमालेका बागी उम्मेदवार निष्काशित

    झापा, असार १२ – नेकपा एमालेले स्थानीय तहको चुनावमा पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै सात कार्यकर्तालाई निष्काशन गरेको छ ।

  • घरदेखि मतदान केन्द्रसम्म सुरक्षा व्यवस्था कडा

    डोटी, असार १२ – प्रदेश नम्वर–७ को सुरक्षा व्यवस्था मजबुद बनाइएको छ । प्रदेश नम्वर–७ का क्षेत्रीय सुरक्षा समितिका संयोजक शुशिलकुमार ढुंगानाले सुरक्षा व्यवस्था मजबुद बनाइएको बताउनुभयो ।

  • गाउँसभा र नगरसभाको चुनाव भएको तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन

    काठमाडौं, असार १२ – निर्वाचन आयोगले गाउँसभा र नगरसभाको चुनाव भइसकेका जिल्लामा तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन दिएको छ ।

  • सुनसान भयो फिदिम बजार

    पाँचथर, असार १२ – स्थानीय तहको दोस्रो चरणको चुनाव हुनु दुई दिनअघि पाँचथर सदरमुका फिदिम बजार सुनसान भएको छ । फिदिम बजारमा अस्थायी रुपमा बसोबास गर्दै आएका मतदाता मतदान गर्न आ–आफ्नो गाँउ फर्किएपछि बजार सुनसान भएको हो ।

  • विराटनगरबाट ७ जना पूर्वमन्त्रीेले मतदान गर्ने

    मोरङ, असार १२ – विराटनगर महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट सात जना पूर्वमन्त्रीले मतदान गर्ने भएका छन् । पूर्वमन्त्री लालबाबु पण्डित, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गिरिराजमणि पोखरेल, उपेन्द्र यादव र गोपी आछामीले मतदान गर्नेछन् ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया