MENU

राजनीति

Ncell Axiata

उम्मेदवारी दर्ता गराएको दिन नै हृदयघातका कारण मृत्यु

बैतडी, असार ५ - स्थानीय तहको चुनावका लागि बैतडी डिलाशैनी गाउँपालिका वडा नम्बर ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका ७० वर्षका गोविन्द कार्कीको निधन भएको छ । 

उहाँले निर्वाचन अधिकृतको कार्यालय डिलाशैनीमा आइतबार दिउँसो ३ बजेर २० मिनेटमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत मोतीलाल शर्माले जानकारी दिनुभयो । 

दिउँसो उम्मेद्वारी दर्ता गरेका कार्कीको आइतबार राति हृदयघात भएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया