MENU

समाज

Ncell Axiata

दाङमा मजदुरबिच झडप हुँदा एकको मृत्यु, एक घाइते

दाङ, असार ५ – मजदुर मजदुरबिच दाङमा भएको झडपमा सुनसरी ईनरुवाका २० वर्षका रितेश झा को ज्यान गएको छ । हिर्मुनिया–२ बस्ने १९ वर्षका जगतराम यादव घाइते भएका छन् । 

घोराही उपमहानगरपालिका–९ दुबीचौरस्थित गणपति प्लाई सप्लायर्स उद्योगमा कार्यरत मजदुरबिच कुटपिट हुँदा झाको ज्यान गएको हो । आइतबार राति सामान्य विवादमा झडप हुँदा गम्भीर घाइते भएका झाको उपचारको क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ज्यान गएको प्रहरीले जनाएको छ ।

उद्योगका कामदार बाँके, फत्तेपुर गाउँपालिका–७ बस्ने २३ वर्षका जितराम चौधरी, सोही गाउँपालिका–९ बस्ने २३ वर्षका राज चौधरी र बाँके, हिर्मुनिया–२ बस्ने २३ वर्षका निर्मल राजपुतले रितेश झा र बाँके, हिर्मुनिया–२ बस्ने १९ वर्षका जगतराम यादवलाई कुटपिट गरेका थिए ।

घाइते जगतलाई थप उपचारको लागि नेपालगंज बाँके रिफर गरिएको छ । कुटपिट गर्नेमध्येका राज र निर्मललाई प्रहरीले पक्राउ गरेको छ भने फरार रहेका जितरामको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिहारको लागि माटो लिन जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

    सप्तरी, असोज ३१ – तिहारको लागि घर आँगन लिपपोत गर्नका लागि माटो लिन गएकी सप्तरीको बेल्ही चपेना गाउँपालिका वडा न. ४ की एक महिलाको मंगलबार बेलुका माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ ।

  • डोटी बस दुर्घटना : ३ जनाको मृत्यु, २४ घाइते

    डडेल्धुरा, असोज ३१ – भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घोरणीमा दुई यात्रुवाहक बस ठोक्किँदा ३ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।

  • यी हुन् बालकलाई गोली हान्ने ३ अभियुक्त

    सोलुखुम्बु, असोज ३१ – जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले १३ वर्षका बालकलाई भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका व्यक्तिहरुलाई मगंलबार सार्वजनिक गरेको छ ।

  • जता गए पनि नेपाली पर्यटक : होटल र पर्यटन व्यावसायीलाई मालामाल

    स्वर्गकी अप्सरा उपनामले चिनिने रारामा २/३ वर्षअघिसम्म नेपालीहरु खासै देखिँदैनथे । रारा नेपालीको पहुँचबाट टाढै छ भन्ने मान्यता थियो । तर अहिले दसैँपछि मात्रै ५ हजार भन्दा धेरै नेपाली राराताल पुगेका छन् । जबकी विदेशी पर्यटकको संख्या ५ सय पनि पुगेको छैन् ।

  • कैदीलाई कारागारमै टिभी

    लमजुङ, असोज ३१ – जिल्ला कारागार लमजुङमा रहेका कैदीबन्दीलाई टेलिभिजन प्रदान गरिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई सुसूचित गराउन दुई वटा टेलिभिजन प्रदान गरिएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया