MENU

समाज

Ncell Axiata

अफगानिस्तानका ‘बिग बोस’ अर्थात रामेछापका दुर्गाबहादुर मगर

सन्जिता देवकोटा/उज्यालो । 

काठमाडौं, असार ५ – ‘बिग बोस’ अर्थात रामेछापका दुर्गाबहादुर मगर । अफगानिस्तान पुगेर उहाँ ‘बिग बोस’ बन्नुभयो ।

सुरुसुरुमा दुर्गाबहादुरको उचाई सानो देखेर म्यानेजरले ‘हि इज स्मल गाइ’ भन्थे । तर पछि उहाँको काम देखेर म्यानेजरले नै ‘बिग बोस’ नाम राखिदिएका थिए ।

दुर्गाबहादुर अफगानिस्तानमा अमेरिकी आर्मी क्याम्पको क्यान्टिनमा काम गर्नुहुन्थ्यो । अफगानिस्तान पुगेर ‘बिग बोस’ बनेका दुर्गाबहादुर अहिले गाउँघरका पनि ‘बिग बोस’ बन्नुभएको छ । अफगानिस्तानमा म्यानेजरको, अनि गाउँघरमा सबैको ‘बिग बोस’ बन्न उहाँले गरेका दुःखको हिसाव गरिसाध्य छैन् ।

स्कुल पढ्दा गाउँकै केटीसँग मायामा परेपछि दुर्गाबहादुरले ९ कक्षामा पढ्दा पढ्दै विहे गर्नुभयो । परिवारको सहमति बिना नै  विहे गरेका दुर्गाबहादुरले विहे पछि पढाइ पनि छाड्नु भयो । पढाइ छाडेर रोजगारीका लागि भारत जानुभयो । १५ वर्ष मात्र लागेका दुर्गाबहादुरले भारतमा धेरै दुःख गर्नुभयो ।

‘चिया पकाउने, मेसिन चलाउने, भुँइ पुछ्नेदेखि इन्चार्जसम्मको काम गरे, तर मेसिन चलाउने काम गर्दाको दुःख मैले अझै विर्सन सकेको छैन,’दुर्गाबहादुरले भारतमा काम गर्दाको दुःख सम्झिनुभयो । 

पखाला लाग्दा मेसिन छाडेर ट्वाइलेट जान नपाएको सम्झदा उहाँलाई अहिले पनि मन दुखेर आउछ । गाउँ छाडेर पहिलो पटक परदेश गएका दुर्गाबहादुर भाषा पनि बुझ्नुहुन्नथ्यो । भारतमा उहाँले दुई वर्ष काम गर्नुभयो । 

घर फर्किएर उहाँले काठमाडौंमा चार वर्ष कोल्ड स्टोरमा काम गर्नु भयो । कोल्ड स्टोरको कामले उहाँलाई धेरै सिकायो । 

‘नयाँ आउनेलाई मेरो भन्दा धेरै तलव दियो, काम केही जान्दैनथे, साहुलाई सोध्दा तिमीले पढेको छैनौ भन्यो । मलाई असह्य भयो’ दुर्गाबहादुरले भन्नुभयो । चार वर्ष काम गर्दा पनि नपढेको भन्दै तलब नबढाए पछि दुर्गाबहादुर फेरि गाउँ फर्किनुभयो ।

कोल्ड स्टोरको काम छाडेर उहाँ गाउँमा स्कुल पढ्न थाल्नुभयो । एसएलसी पास पनि गर्नुभयो । दुर्गाबहादुरले स्कुल पढ्दा पनि कुखुरा फर्म चलाउदै पढ्नुभयो । त्यही बेला उहाँले कुखुरा व्यवसाय गर्ने तरिका पनि जान्नुभयो । उहाँको कुखुरा व्यवसाय राम्रो चलेको थियो । 

तर राम्रो डिमान्ड आए विदेश जाने सोचमा हुनुहुन्थ्यो । गाउँकै आफन्तले अफगानिस्तानमा डिमाण्ड राम्रो छ भनेपछि उहाँ उनै आफन्त मार्फत तीन लाख रुपैयाँ बुझाएर अफगानिस्तान जानुभएको थियो । दुवईबाट प्लेन चढेपछि उहाँले काम गर्ने क्याम्प वरपरबाहेक अर्को ठाउँ देख्नु भएन । क्याम्पबाट कतै निस्कन मिल्दैन थियो ।

दुर्गाबहादुर आफ्नो काम डटेर गर्नुहुन्थ्यो । मेहनतको फल मिठो हुन्छ भने झैं उहाँ क्यामको ‘इम्प्लोइ अफ दि मन्थ’ पनि हुनुभयो ।

‘मेरो जीवनको सबै भन्दा खुसीको क्षण थियो त्यो दिन, अर्काको देशमा त्यो पनि अमेरिकन क्याम्पमा ‘इम्प्लोइ अफ दि मन्थ’ हुनु धेरै ठूलो कुरा थियो,’ दुर्गाबहादुरले त्यो दिन सम्झदै भन्नुभयो, ‘त्यो दिनबाट मलाई क्यापमा गर्ने व्यवहार नै फरक भयो । सबैले राम्रो मान्न थाले ।’ उहाँले पुरस्कार स्वरुप ५० डलर पनि पाउनु भएको थियो ।

दुर्गाबहादुर देख्दा सानो देखिने भएपनि काम जस्तो पनि गर्नुहुन्थ्यो । अरुले नआँटेका काम पनि सजिलै गर्ने भएकाले उहाँलाई म्यानेजरले ‘बिग बोस’ नाम राखेका थिए । क्याम्पको नियम भने कडा थियो । 

दुई वर्ष पछि उहाँ घर फर्किनुभयो । उहाँ विदेशबाट फर्किएर त्यसै बस्नुभएन् । पहिलेदेखि गरिरहेको काम भएकाले कुखुरा व्यवसाय नै गर्नुभयो । 

अहिले दुर्गाबहादुरको रामेछापको रामेछाप बजारमा र मन्थलीमा गरी दुईवटा कोल्ड स्टोर छ । उहाँले कुखुरा व्यवसायीलाई दाना उपलब्ध गराउनु हुन्छ । कोल्ड स्टोरबाट उहाँले मासिक ५० देखि ६० हजार रुपैयाँसम्म कमाउनुहुन्छ ।

त्यसो त उहाँकी श्रीमती पनि सिलाइकटाइको काम गरेर आफ्नो लागि आफैं कमाउनुहुन्छ । उहाँको दुई जना छोरा छन् । दुर्गाबहादुरलाई महिनामा ४० हजार कमाउन खाडीको तातो घाम खानुपर्छ जस्तो लाग्दैन । उहाँ आफ्नै देशमा गरिखाँदा इज्जत र पैसा दुवै हुन्छ भन्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‛मेट्रो पनि चलेछ, मोनोरेल नि गुडेछ, चढी आयौं ठमठम′

    काठमाडौं, कात्तिक १ – हरेक वर्षजस्तै यसपटकको तिहारमा पनि सिस्नुपानी नेपालले हाँस्यव्यंग्य देउसी कार्यक्रम गरेको छ । बुधबार साँझ प्रज्ञा भवन कमलादीमा सिस्नुपानी नेपालका कलाकारहरुले देउसी कार्यक्रम गरेका हुन् ।

  • ​डाक्टर केसीले अनसन तोडे

    काठमाडौं, कात्तिक १ – सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने प्रतिबद्धता जनाएपछि १४ दिनदेखिको अनसन डा.गोविन्द केसीले बुधबार तोड्नु भएको छ ।

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

  • ​माटोको गुणस्तर खस्किएकोले पाला कम बने

    काठमाडाैं, कात्तिक १ – बालकृष्ण प्रधानले पालाको व्यापार गर्न थालेको १२ वर्ष भयो तर यो वर्ष पालाको व्यापार कम भएको देख्दा उहाँलाई सोचेको जस्तो आम्दानी नहोला कि भन्ने लागेको छ ।

  • ​मखमलीमय गुण्डू

    काठमाडौं, कात्तिक १ – कात्तिक महिना, खेतमा लहलह धान झुल्ने र बारी तोरी फुल्ने समय हो । तर गएका केही वर्षदेखि धान र तोरीलाई मखमलीले विस्थापित गरिदिएको छ । गुण्डूका खेतमा मखमली फुल फूलिरहेका छन् । खेत र बारीका कान्लामा ढकमक्क मखमली फुलेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया