MENU

राजनीति

Ncell Axiata
NIC Asia

राजपा पनि चुनावमा सहभागी भएको छ : गृहमन्त्री

नेपालगञ्ज, असार ५ –  चुनाव बहिष्कार गरी आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी पनि दोस्रो चरणको चुनावमा सहभागी भएको छ । 

सोमबार नेपालगञ्जमा भएको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टी दोस्रो चरणको चुनावमा स्वतन्त्र रुपमा सहभागी भएको जानकारी दिनुभएको हो । 

गृहमन्त्री शर्माले चुनाव बहिष्कार गर्न खोजेको राष्ट्रिय जनता पार्टी सरकारको निरन्तरको पहलकदमिका कारण स्थानीय तहको दोस्रो चरणको चुनावमा सहभागी हुने अवस्था आएको दावी गर्नुभयो । उहाँले मधेस केन्द्रीत दलहरुका असन्तुष्टी क्रमशः समाधान हुने चरणमा रहेको जानकारी दिनुभयो । 

दुई नम्बर प्रदेशमा चुनाव हुनुभन्दा पहिले नै अहिले देखिएका असन्तुष्टी समाधान हुने उहाँले दावी गर्नुभयो । गृहमन्त्री शर्माले आगामी माघभित्रै तीनवटै चरणको चुनाव सम्पन्न गरी संविधानलाई पूर्ण कार्यान्वयनको चरणमा पुर्‍याउन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधिरकुमार शाह, नेपाल प्रहरीका महानिरीक्षक प्रकाशराज अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मी लगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।  दोस्रोचरणको निर्वाचनको सुरक्षा चुनौतीका बिषयमा छलफल गरी नयाँ रणनीति बनाइने भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाँदरमुढे घटना : प्रचण्डले त माफी मागे, माडीबासीले माफी दिए त !?

    काठमाडौं, मंसिर २६ –पात्रोको पाना पल्टिँदै जाँदा घाउमा खाटा बस्छन् र हराउँछन् खाटाको आकार पनि । भुल्दै जानु मान्छेको बानी हो । यही बानीले दिएको छ मान्छे अघि बढ्ने आँट, पीडाबाट माथि उठ्ने र नयाँ दैनिकी सुरु गर्ने शक्ति पनि ।

  • स्याङ्जाको प्रदेशसभा १ ख मा एमालेका मिनप्रसाद गुरुङ विजयी

    स्याङ्जा, मंसिर २६– स्याङ्जाको प्रदेशसभा १ ख मा नेकपा एमालेका मिनप्रसाद गुरुङ विजयी हुनुभएको छ ।

  • चन्द्र भण्डारीले चुनाव किन हारे ?

    गुल्मी, मंसिर २६ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रतिनिधिसभा चुनावमा गुल्मी क्षेत्र नं. १ बाट हार व्यहोर्नु परेको छ । उहाँलाई नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले हराउनुभएको हो । संविधानसभा चुनावमा ज्ञवालीलाई पराजित गरेका भण्डारीले यसपाली नतिजा आफ्नो पक्षमा पार्न सक्नु भएन ।

  • गुल्मीमा समानुपातिक तर्फ एमाले अगाडि

    गुल्मी, मंसिर २६ – गुल्मीमा समानुपातिक तर्फको मतगणना सकिएको छ । एमालले कुल ६० हजार ६२ मत ल्याएर पहिलो बनेको छ । नेपाली काँग्रेसले कुल ४५ हजार ५ सय ४४ मत ल्याएको छ । माओवादीले ९ हजार ३ सय ८० मत ल्याएको छ ।

  • कैलाली २ मा रोकिएको मतगणना सुरु

    कैलाली, मंसिर २६ – प्रतिनिधिसभा सदस्य तर्फ कैलाली क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । विवाद समाधान भएपछि रोकिएको मतगणना चलिरहेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया