MENU

राजनीति

Ncell Axiata

इलाममा चर्चामा रहेका उम्मेदवार वेपत्ता भएपछि अर्कैको उम्मेदवारी

इलाम, असार ५ – इलाम नगरपालिका–१२ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवारी घोषणा गरेका नारायण राई बेपत्ता भएपछि सोममाया राईलाई उम्मेदवार बनाइएको छ । 

उम्मेदवारी दर्ता गर्ने दिन आइतबारसम्म नारायण बेपत्ता भएपछि माओवादी केन्द्रले सोममायालाई उम्मेदवार बनाएको हो । नारायण असार २ गते बेलुकादेखि सम्पर्कविहीन भएको माओवादी केन्द्रले जनाएको छ । असार २ गतेदेखि नै नारायण बेपत्ता भएको केन्द्रले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

शनिबार हुने आमसभाको तयारीका लागि शुक्रबार दिउँसो चार बजे घरबाट निस्कनु भएका नारायण अझैसम्म सम्पर्कमा नरहेको नेकपा माओवादी केन्द्र नगर कमिटी इलामले जानकारी दिएको छ । 

प्रहरी तथा निर्वाचन कार्यालयलाई वेपत्ता भएका नारायणको खोजीका लागि जानकारी गराइएको प्रचार प्रसार विभाग प्रमुख जीवन शर्माले बताउनु भयो । खोजीका लागि कमिटीले वाइसिएल समेत परिचालन गरेको छ । वडा नं. १२ मा जित निश्चित भएकाले अपहरणमा परेको हुनसक्ने बताइएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा दलहरु

    काठमाडौं, कात्तिक ३ – आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने चटारोमा छन् ।

  • झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी

    काठमाडौं, कात्तिक ३ – नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना युवा नेता विश्वप्रकाश शर्मालाई चुनाव लडाउने तयारी गरेको छ । कांग्रेसको उच्च श्रोतका अनुसार झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली उठ्ने निश्चित जस्तै भएकाले यो क्षेत्रमा युवा नेता शर्मालाई उम्मेदवार बनाउनेबारे छलफल भइरहेको छ ।

  • वाम एकता देशका लागि घातकः प्रधानमन्त्री देउवा

    भक्तपुर, कात्तिक ३ – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताउनु भएको छ ।

  • निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह

    ललितपुर, कात्तिक ३ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुन लागेको केन्द्रीय र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

  • नेतृत्व सम्हाल्न जापानबाट गाउँ फर्कंदै

    कात्तिक ३– परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा एमालेले गाउँ फर्काएको छ । वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया