MENU

राजनीति

Ncell Axiata

तेह्रथुमकी पहिलो जनप्रतिनिधि कांग्रेसकी बिजुलीमाया शंकर

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, असार ५ – तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-१, पौठाकमा नेपाली कांग्रेसकी दलित महिला सदस्य उम्मेदवार बिजुलीमाया शंकर निर्विरोध निर्वाचित हुनुभएको छ । 

आइतबार भएको उम्मेदवारी मनोनयनमा उहाँको एकल उम्मेदवारी परेको थियो । अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले शंकर निर्विरोध निर्वाचित हुनुभएको मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले बताउनुभयो । 

वडामा एक मात्रै दलित घरधुरी भएकाले शंकरको एकल उम्मेदवारी परेको हो । शंकर जिल्लाकै पहिलो जनप्रतिनिधिको रुपमा समेत चयन हुनुभएको छ । कानुनी रुपमै हरेक वडाबाट एक जना दलित महिला निर्वाचित हुने व्यवस्था भएपछि वर्षौदेखि उत्पीडन, दमन र विभेद सहेर बसिरहेको दलित समुदायका महिलाहरु नेतृत्वमा पुग्दैछन् । 

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ वडा मध्ये बाँकी ४२ वडामा १ सय १६ जना दलित महिलाहरु चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा दलहरु

    काठमाडौं, कात्तिक ३ – आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने चटारोमा छन् ।

  • झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी

    काठमाडौं, कात्तिक ३ – नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना युवा नेता विश्वप्रकाश शर्मालाई चुनाव लडाउने तयारी गरेको छ । कांग्रेसको उच्च श्रोतका अनुसार झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली उठ्ने निश्चित जस्तै भएकाले यो क्षेत्रमा युवा नेता शर्मालाई उम्मेदवार बनाउनेबारे छलफल भइरहेको छ ।

  • वाम एकता देशका लागि घातकः प्रधानमन्त्री देउवा

    भक्तपुर, कात्तिक ३ – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताउनु भएको छ ।

  • निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह

    ललितपुर, कात्तिक ३ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुन लागेको केन्द्रीय र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

  • नेतृत्व सम्हाल्न जापानबाट गाउँ फर्कंदै

    कात्तिक ३– परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा एमालेले गाउँ फर्काएको छ । वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया