MENU

राजनीति

Ncell Axiata
USAID

चार दिन विद्यालय बन्द गर्न आयोगको आग्रह

काठमाडौं, असार ५ – निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको चुनावका लागि चार दिन शैक्षिक संस्थामा बिदा दिन आग्रह गरेको छ । 

दोस्रो चरणमा चुनाव हुने प्रदेश नम्बर १, ५ र ७ का सम्पूर्ण शैक्षिक संस्था असार ११ देखि १४ गतेसम्म बिदा दिन आग्रह गरिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अधिकाश मतदान केन्द्र सार्वजनिक एवं संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएको हुँदा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने जिल्लाका सार्वजनिक एवं संस्थागत विद्यालय र  क्याम्पसमा २०७४ असार ११ देखि २०७४ असार १४ गतेसम्म ४ दिन सार्वजनिक विदा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई पत्रचार गर्ने निर्णय भएको छ ।’ 

त्यस्तै मतदानको दिन सार्वजनिक बिदा दिन आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एमालेका बागी उम्मेदवार निष्काशित

    झापा, असार १२ – नेकपा एमालेले स्थानीय तहको चुनावमा पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै सात कार्यकर्तालाई निष्काशन गरेको छ ।

  • घरदेखि मतदान केन्द्रसम्म सुरक्षा व्यवस्था कडा

    डोटी, असार १२ – प्रदेश नम्वर–७ को सुरक्षा व्यवस्था मजबुद बनाइएको छ । प्रदेश नम्वर–७ का क्षेत्रीय सुरक्षा समितिका संयोजक शुशिलकुमार ढुंगानाले सुरक्षा व्यवस्था मजबुद बनाइएको बताउनुभयो ।

  • गाउँसभा र नगरसभाको चुनाव भएको तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन

    काठमाडौं, असार १२ – निर्वाचन आयोगले गाउँसभा र नगरसभाको चुनाव भइसकेका जिल्लामा तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन दिएको छ ।

  • सुनसान भयो फिदिम बजार

    पाँचथर, असार १२ – स्थानीय तहको दोस्रो चरणको चुनाव हुनु दुई दिनअघि पाँचथर सदरमुका फिदिम बजार सुनसान भएको छ । फिदिम बजारमा अस्थायी रुपमा बसोबास गर्दै आएका मतदाता मतदान गर्न आ–आफ्नो गाँउ फर्किएपछि बजार सुनसान भएको हो ।

  • विराटनगरबाट ७ जना पूर्वमन्त्रीेले मतदान गर्ने

    मोरङ, असार १२ – विराटनगर महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट सात जना पूर्वमन्त्रीले मतदान गर्ने भएका छन् । पूर्वमन्त्री लालबाबु पण्डित, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गिरिराजमणि पोखरेल, उपेन्द्र यादव र गोपी आछामीले मतदान गर्नेछन् ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया