MENU

राजनीति

Ncell Axiata

बैतडीका कुन तहमा को को उम्मेदवार ? ४४० पदका लागि १७०६ जनाको उम्मेदवारी

इन्द्रसरा खड्का/उज्यालो ।

बैतडी, असार ५ – स्थानीय तहको चुनावका लागि बैतडीमा १ हजार ७ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चार नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा ४ सय ४० पदका लागि १ हजार ७ सय ६ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार दशरथचन्द नगरपालिकामा २ सय २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पाटन नगरपालिकामा २ सय ९ जना, मेलौली नगरपालिकामा १ सय ८१, पुरचौडी नगरपालिकामा १ सय ७८, डिलाशैनी गाउँपालिकामा १ सय ५७, पञ्चेश्वर गाउँपालिकामा १ सय १४, शिवनाथ गाउँपालिकामा १ सय २० जना, सिगास गाउँपालिकामा १ सय ५० जना, सुर्नया गाउँपालिकामा १ सय ७५ जना र दोगडाकेदार गाउँपालिकामा १ सय ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । 

दशरथचन्द नगरपालिका 

मेयर : कांग्रेसका नरेन्द्रसिंह थापा, एमालेका देवदत्त भट्ट, माओवादी केन्द्रका खिमानन्द भट्ट, राप्रपाका पुष्करराज जोशी , नयाँशक्तीका दल बहादुर पाल र स्वतन्त्र उम्मेदवार दिनेशराम वड ।
उपमेयर : कांग्रेसबाट मीना चन्द, एमालेकी सरस्वती नेपाली, माओबादी केन्द्रकी कमला कार्की, राप्रपाकी अम्बिका भण्डारी र स्वतन्त्र उम्मेदवार सुस्मा गहतराज ।

पाटन नगरपालिकामा 

मेयर : कांग्रेसका केशवबहादुर चन्द, एमालेका नरेश विक, माओवादी केन्द्रका शंकर भण्डारी, राप्रपाका रण बहादुर चन्द ,नयाँशक्तीका कर्ण सिंह ठगुन्ना, स्वतन्त्रमा भरतराज पन्त,कृत सिंह बोहरा ।
उपमेयर कांग्रेसकी सरस्वती कोली, एमालेबाट दुरा भट्टराई, माआवादी केन्द्रकी गीता बोहरा राप्रपाकी रमा भण्डारी, नयाँशक्तीकी मानमती ठगुन्ना ।

पुरचौडी नगरपालिका 

मेयर :कांग्रेसका दिपकबहादुर बम, एमालेका कर्णबहादुर कुवर, माओवादी केन्द्रका रणबहादुर कुवर राप्रपाका बृजलाल पन्त, नयाँशक्तीका कर्ण रतोकी ।
उपमेयरः कांग्रेसबाट उत्तरा नेपाल, एमालेकी जानकी कुवर, माओवादी केन्द्रकी जानकी बम राप्रपाका पूर्णिमा बम, नयाँशक्तीका बिमला धानुक ।

मेलौली नगरपालिकामा 

मेयर – कांग्रेसका कृष्ण सिंह नायक, एमालेका जगदिस सिंह नायक, माओबादी केन्द्रका भिम बहादुर चन्द, राप्रपाका बिरेन्द्र बहादुर चन्द, मालेका नरेन्द्र सिंह नेगी, नयाँशक्तीका भवन भट्ट ।
उपमेयर : कांग्रेसकी राधा ओझा, एमालेकी मानमति कुमारी भट्ट, राप्रपाबाट चन्द्रकला साउद ।

शिवनाथ गाउँपालिका 

अध्यक्ष : कांग्रेसका कर्णसिंह साउद ,एमालेका भरतसिंह मडै, माओवादी केन्द्रका धनबीरसिंह धनाडी रापाप्राका मदन सिंह साउद ।
उपाध्यक्ष : काग्रेसबाट झापु महता, एमालेबाट कुस्मा चन्द, माओबादी केन्द्रकी गंगादेवी दमाई रापप्राकी सुन्दरी महता।

दोगाडाकेदार गाउँपालिका 

अध्यक्ष : कांग्रेसका घनश्याम भट्ट, एमालेका चक्रबहादुर कार्की, माओवादी केन्द्रका तारा सिंह, राप्रपाका इन्द्रदेब शरण भट्ट ।
उपाध्यक्षः कांग्रेसकी बिस्ना जोशी, एमालेकी पार्वती कार्की, माओबादी केन्द्रकी लक्ष्मी ओड, राप्रपाका बिमला महरा ।

सुर्नया गाउँपालिका 

अध्यक्ष : कांग्रेसका बीरबहादुर बिष्ट, एमालेका नरेन्द्रबहादुर बिष्ट, माओवादी केन्द्रका नरी भाट, राप्रपाका देवबहादुर चन्द ।
उपाध्यक्षः कांग्रेसकी भागरथी बोहरा, एमालेकी लिला बिष्ट, माओवादी केन्द्रकी गोमती अवस्थी  राप्रपाकी उत्तरा अवस्थी ।

पञ्चेश्वर गाउँपालिका  

अध्यक्ष : कांग्रेसका दिनेशबहादुर चन्द, एमालेका गोरखबहादुर चन्द, माओवादी केन्द्रका रमेशबहादुर चन्द राप्रपाका बिरेन्द्र बहादुर चन्द ।
उपाध्यक्ष : कांग्रेसकी बिन्दु चन्द, एमालेकी बिना भट्ट, माओवादी केन्द्रकी मन्जु चन्द राप्रपाकी ललीता भण्डारी ।

सिगास गाउँपालिका 

अध्यक्ष : कांग्रेसका हरिसिंह धामी, एमाले जसबीर बोहरा, माओवादी केन्द्रका विकास ऐर, राप्रपाका राम सिंह साउद,राजमती धामी, नयाँशक्तीका रघुबिर धामी, स्वतन्त्र : कृष्णसिंह साउद  र देवसिंह । 
उपाध्यक्ष : कांग्रेसकी द्रोपती चन्द, एमालेकी भृकुटी चन्द, माओवादी केन्द्रकी उर्मिला पोखरेल । 

डिलाशैनी गाउँपालिका  

अध्यक्ष  ः कांग्रेसबाट कर्ण बहादुर राना, एमालेका ओकेन्द्र बोहरा र माओवादी केन्द्रबाट लोकेन्द्र राना, राप्रपाका देबदत्त नाथ, नयाँशक्ती नेपालका रामनाथ योगी, स्वतन्त्र धन बहादुर बिस्ट ।
उपाध्यक्ष : कांग्रेसबाट जानकी कार्की, एमालेबाट पार्वती राना र माओवादी केन्द्रबाट सुशीला बोहरा, राप्रपाकी गिता क्षेत्री नयाँशक्ती नेपालबाट मानमती दमाई ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा दलहरु

    काठमाडौं, कात्तिक ३ – आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने चटारोमा छन् ।

  • झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी

    काठमाडौं, कात्तिक ३ – नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना युवा नेता विश्वप्रकाश शर्मालाई चुनाव लडाउने तयारी गरेको छ । कांग्रेसको उच्च श्रोतका अनुसार झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली उठ्ने निश्चित जस्तै भएकाले यो क्षेत्रमा युवा नेता शर्मालाई उम्मेदवार बनाउनेबारे छलफल भइरहेको छ ।

  • वाम एकता देशका लागि घातकः प्रधानमन्त्री देउवा

    भक्तपुर, कात्तिक ३ – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताउनु भएको छ ।

  • निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह

    ललितपुर, कात्तिक ३ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुन लागेको केन्द्रीय र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

  • नेतृत्व सम्हाल्न जापानबाट गाउँ फर्कंदै

    कात्तिक ३– परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा एमालेले गाउँ फर्काएको छ । वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया