समाज
विद्यार्थी कुट्ने प्रधानाध्यापलाई कारबाहीको माग, विद्यालयमा ताला
- Monday, Jun 19, 2017
- 19:18 PM ( 10 months ago )
- Total Views: 10.1 K
देब पचभैया/उज्यालो ।
पाल्पा, असार ५ – विद्यार्थी कुट्ने प्रधानाध्यापकलाई कारबाहीको माग गर्दै बन्दीपोखरा पाल्पाका स्थानीय बासिन्दाले विद्यालयमा तालाबन्दी गरेका छन् । तानसेन–११ मा रहेको गार्गी मावि बन्दीपोखराका प्रधानाध्यापक यादब प्रसाद घिमिरेले चार कक्षाका विद्यार्थी बिक्रम बम्रेललाई कुटेर हात भाँचिदिएको घटनापछि स्थानीय बासिन्दा आन्दोलित भएको विद्यालय ब्यवस्थापन समितिका सदस्य भिम कार्कीले बताउनुभयो ।
गएको शुक्रबार शिक्षकको कुटाईबाट हात भाँचिएका बिक्रम लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारपछि घर फर्किएका छन् । विद्यार्थी खेल्ने क्रममा भएको सामान्य झगडाको निहुमा सरले पिटेको विद्यार्थी बम्रेलको भनाई छ।
यसअघि पनि प्रधानाध्यापक घिमिरेले १२ भन्दा बढी विद्यार्थीलाई कुटेर घाइते बनाएको कक्षा १० का विद्यार्थी रोशन ठड्राईले जानकारी दिनुभयो । पाच वर्षको अवधीमै दुई जनाको हात भाचिदिएको, ३ जनालाई टाउको र शरिरका बिभिन्न भागमा कुटेर बेहोस बनाएको लगायतका घटना भएको अभिभावक मिन बहादुर थापाले बताउनुभयो ।
विद्यालयको शैक्षिक स्तर बढ्नुको साटो झन खस्किएको र विद्यार्र्थीले पिटाई खाने क्रम नरोकिएको भन्दै सोमबार अभिभाबकहरुको भेला बसेर विद्यालयमा तालाबन्दी गरेको शिक्षक अभिभावक संघका अध्यक्ष अशोक घिमिरेले जानकारी दिनुभयो ।
आरोपित शिक्षक घिमिरेले भने खेल्नेक्रममा विद्यार्थी आफै लडेको प्रतिकृया दिनुभएको छ । जिल्ला शिक्षा कार्यालय पाल्पाका शाखा अधिकृत रेशम न्यौपानेले मंगलबार विद्यालय पुगेर घटनाको बारेमा सत्य कुरा बुझ्ने र समस्या समाधानको पहल गर्ने बताउनुभयो । विद्यार्थी कुट्ने शिक्षकलाई कडा कारबाही संगै अन्यन्त्र सरुवा नगरेसम्म विद्यालयमा लगाईएको ताला नखोल्ने अभिभावकले बताएका छन् ।
सम्बन्धित सामग्रीहरु
-
दीपक मनाङे कारागार चलान, तीन वर्षसम्म जेलमै रहने
काठमाडाैं, वैशाख ७ – गुण्डा नाइकेका रुपमा चिनिएका प्रदेश ४ का सांसद दीपक मनाङे कारागार चलान भएका छन् ।
-
धावनमार्गमा चिप्लिएकाे विमान हटाएपछि सबै उडान र अवतरण सुरु
काठमाडौं, वैशाख ७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान र अवतरण सुरु भएको छ ।
-
मलेसियामा कामदारलाई पर्ने समस्या, दूतावासले गर्ने सहयोग (भिडियो)
कम्पनीबाट भागेर अवैधानिक हैसियतमा रहेका कामदारलाई रोजगारदाताले थोरै पैसा दिएर जस्तोसुकै काम लाउने गरेको कार्यवाहक राजदूत कुमारराज खरेलले बताउनुभयो ।
-
त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध हुँदा युएईमा यात्रु अलपत्र
वैशाख ७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका कारण नेपाल जान लागेका यात्रुहरु युएईमा अलपत्र परेका छन् ।
-
अन्तर्राष्ट्रिय उडान १२ बजेपछि मात्र
काठमाडाैं, वैशाख ७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १२ बजेपछि मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुने भएको छ ।
-
इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने चेल्सीको झिनो आशा
वैशाख ७ – बर्नलीलाई हराउँदै चेल्सीले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने झिनो सम्भावना जिवितै राखेको छ ।
- दीपक मनाङे कारागार चलान, तीन वर्षसम्म जेलमै रहने
- धावनमार्गमा चिप्लिएकाे विमान हटाएपछि सबै उडान र अवतरण सुरु
- सुनको भाउ घट्यो
- पत्रकार महासंघमा तालाबन्दी
- मलेसियामा कामदारलाई पर्ने समस्या, दूतावासले गर्ने सहयोग (भिडियो)
- त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध हुँदा युएईमा यात्रु अलपत्र
- शुक्रबार रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर बढ्यो
- अन्तर्राष्ट्रिय उडान १२ बजेपछि मात्र
- भिटामिन ए र जुकाको औषधि आज पनि खुवाइँदै
प्रतिक्रिया दिनुहोस