MENU

खेल

Ncell Axiata
NIC Asia

च्याम्पियन्स ट्रफीको उत्कृष्ट टिम छानियो, सर्फराज कप्तान, पाकिस्तानका ४ भारतका ३ खेलाडी

काठमाडौं, असार ५ – च्याम्पियन्स ट्रफी क्रिकेटको उत्कृष्ट टिम छनौट गरिएको छ । टिमका कप्तान पाकिस्तानका सर्फराज अहमद छानिएका छन् । भारत र पाकिस्तानको गरेर सात खेलाडी ड्रिम टिममा परेका छन् ।  

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी मध्येबाट ११ जना छनौट गरेको हो । 

क्रिकेट विज्ञ तथा आइसिसीका प्रतिनिधिले छानेको ड्रिम टिममा च्याम्पियन्स ट्रफीमा सहभागी ८ मध्ये ५ देशका खेलाडी परेका छन् । जस मध्ये सबै भन्दा धेरै पाकिस्तानका ४ जना छन् भने भारतका तीन जना छन् ।  

फाइनलमा भारतसँगको खेलमा शतक बनाउने पाकिस्तानका फखर जमान साथै जुनैद खान र हसन अली पनि ड्रिम टिमका लागि छनौट भएका छन् । हसन अली प्रतियोगिताका सबैभन्दा सफल बलर हुन् । प्रतियोगितामा १३ विकेट लिएका उनले गोल्डेन बल पाएका थिए । उनी प्लेयर अफ द टुर्नामेन्ट पनि बनेका हुन् । 

त्यस्तै भारतका शिखर धवन, विराट कोहली र भुवनेश्वर कुमार टोलीमा परेका छन् । तर महेन्द्र सिंह धोनी भने पर्न सकेनन्  । शिखर धवन च्यापिन्यस ट्रफीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । ३ सय ३८ रन बनाएका उनले गोल्डेन ब्याट पाएका थिए ।

टोलीमा इंग्ल्याण्डका जोय रुट, बेन स्टोक्स र अदिल रसिद, बंगलादेशका तमिम इकवाल र न्युजिल्याण्डका केन विलियम्सन पनि परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया