MENU

समाज

Ncell Axiata
USAID

पोखरामा प्याराग्लाइडिङ दुर्घटना : फेवा तालमा खसेर एकको मृत्यु

पोखरा, असार ५ – पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सोमबार प्याराग्लाइडिङ दुर्घटनामा हुँदा पोखरा लेखनाथ महानगरपालिका-३३ का प्रभात सुवेदीको ज्यान गएको हो ।

ब्लूस्काई प्याराग्लाइडिङबाट स्लो पाइलट रहेका २७ वर्षका सुवेदी प्याराग्लाइडिङ सिक्ने क्रममा सेफ्टी कोर्षमा सहभागी हुँदा दुर्घटनामा परेका थिए । सराङकोटबाट उडान गरेर फेवाताल किनारामा आउँदै प्याराग्लाइडिङमा जेलिएर उनी तालमा खसेका थिए ।

तत्काल उद्धार गरेर उनलाई अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । उनको शव पोष्टमार्टका लागि पश्चिमाञ्चल अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया