MENU

राजनीति

Ncell Axiata
NIC Asia

कर्मचारीले यो नगर्नु, त्यो नगर्नु भनेकोमा नगर प्रमुखको आपत्ति

 

काठमाडौं, असार ५ – उपत्यकाबाट निर्वाचित नगरपालिकाका प्रमुख एवम् उपप्रमुखले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई कर्मचारी प्रशासनले केही पनि नगर्नु भनी पत्राचार गरिरहेको प्रति आपत्ति जनाएका छन् । 

काठमाडौं उपत्यका विकास प्राधिकरणले सोमबार काठमाडौंमा आयोजना गरेको सडक बिस्तार, घर जग्गाको मापदण्ड, नयाँ सहर र बाहिरी चक्रपथसम्बन्धी अन्तरक्रिया कार्यक्रममा जननिर्वाचित प्रतिनिधिलाई प्रत्येक दिन यो नगर्नु, त्यो नगर्नु भनी कर्मचारी प्रशासनले पत्राचार गरेर हात गोडा बाँध्न खोजेको उहाँहरुले आरोप लगाउनुभयो । 

कार्यक्रममा नगर प्रमुखहरु शङ्खरापुरका सुवर्ण श्रेष्ठ, कागेश्वरी मनोहराका कृष्णहरि थापा, गोकर्णेश्वरका सन्तोष चालिसे, बूढानीलकण्ठका उद्धवप्रसाद खरेल, तारकेश्वरका रामेश्वर बोहरा, कीर्तिपुरका रमेश महर्जन, गोदावरीका गजेन्द्र महर्जन, भक्तपुरका सुनिल प्रजापति, सूर्यविनायकका वासु थापा, भक्तपुरकी उपप्रमुख रजनी जोशीले जनप्रतिनिधिलाई पत्राचारका भरमा निर्देशित गर्न खोजिएको गुनासो गर्नुभयो । 

नगरका जनप्रतिनिधिले सडक बिस्तारको स्पष्ट मापदण्ड तोक्न, बिस्तारका क्रममा पर्ने घर एवम् जग्गा धनीलाई समयअनुसार उचित मुआब्जा वितरण गर्न, स्मार्ट सिटीको सीमा तोक्न माग गर्नुभयो । 

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले भारत र चीनमा भन्दा नेपालमा बढी प्रतिशत सहरी जनसङ्ख्या रहेको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै भीरपाखा सबैलाई विना पूर्वाधार नगरपालिका घोषणा भएको स्वीकार गर्नुभयो । 

“भारतमा ३५, चीनमा ६० र नेपालमा ६२ प्रतिशत नगरवासी छन्, घोषणा गरिएका नगर नगरजस्ता छैनन्, यिनलाई नगरपालिकाको स्तरमा पुर्‍याउन मन्त्रालयलाई वार्षिक एक खर्ब ३५ अर्ब रुपैयाँ बजेट चाहिन्छ” उहाँले भन्नुभयो । पूर्वाधार नबनाई कर लिइनु जनताप्रति अन्याय भएको सचिव शर्माको भनाइ थियो । 

प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारीले उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतसँग अन्तरक्रिया गरी विकासको मापदण्ड तयार पारिने जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाँदरमुढे घटना : प्रचण्डले त माफी मागे, माडीबासीले माफी दिए त !?

    काठमाडौं, मंसिर २६ –पात्रोको पाना पल्टिँदै जाँदा घाउमा खाटा बस्छन् र हराउँछन् खाटाको आकार पनि । भुल्दै जानु मान्छेको बानी हो । यही बानीले दिएको छ मान्छे अघि बढ्ने आँट, पीडाबाट माथि उठ्ने र नयाँ दैनिकी सुरु गर्ने शक्ति पनि ।

  • स्याङ्जाको प्रदेशसभा १ ख मा एमालेका मिनप्रसाद गुरुङ विजयी

    स्याङ्जा, मंसिर २६– स्याङ्जाको प्रदेशसभा १ ख मा नेकपा एमालेका मिनप्रसाद गुरुङ विजयी हुनुभएको छ ।

  • चन्द्र भण्डारीले चुनाव किन हारे ?

    गुल्मी, मंसिर २६ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रतिनिधिसभा चुनावमा गुल्मी क्षेत्र नं. १ बाट हार व्यहोर्नु परेको छ । उहाँलाई नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले हराउनुभएको हो । संविधानसभा चुनावमा ज्ञवालीलाई पराजित गरेका भण्डारीले यसपाली नतिजा आफ्नो पक्षमा पार्न सक्नु भएन ।

  • गुल्मीमा समानुपातिक तर्फ एमाले अगाडि

    गुल्मी, मंसिर २६ – गुल्मीमा समानुपातिक तर्फको मतगणना सकिएको छ । एमालले कुल ६० हजार ६२ मत ल्याएर पहिलो बनेको छ । नेपाली काँग्रेसले कुल ४५ हजार ५ सय ४४ मत ल्याएको छ । माओवादीले ९ हजार ३ सय ८० मत ल्याएको छ ।

  • कैलाली २ मा रोकिएको मतगणना सुरु

    कैलाली, मंसिर २६ – प्रतिनिधिसभा सदस्य तर्फ कैलाली क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । विवाद समाधान भएपछि रोकिएको मतगणना चलिरहेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया