राजनीति
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ३ नम्बर वडामा लछिमाया निर्विरोध
- Monday, Jun 19, 2017
- 20:02 PM ( 10 months ago )
- Total Views: 2.2 K
ताप्लेजुङ, असार ५ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको वडा नम्बर ३ लिवाङको दलित महिला सदस्यमा लछिमाया विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।
आइतबार भएको उम्मेदवारी मनोनयनमा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा लक्षिमायाको एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ बाहेक अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको मुख्यनिर्वाचन अधिकृत आशोक कुमार बस्नेतले जानकारी दिनुभयो ।
विश्वकर्मा जिल्लाकै पहिलो जनप्रतिनिधिको रुपमा समेत चयन हुनुभएको छ । कानुनी रुपमै हरेक वडाबाट एक जना दलित महिला निर्वाचित हुने व्यवस्था भएपछि वर्षौदेखि उत्पीडन, दमन र विभेद सहेर बसिरहेको दलित समुदायका महिलाहरु नेतृत्वमा पुग्दैछन् ।
एक नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लाका ६१ वडा मध्ये बाँकी ६० वडाबाट १ सय ५४ जना दलित महिलाहरु चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । ती मध्ये ६० जना दलित महिलाहरु नेतृत्वमा आउने पक्का भएको छ ।
सम्बन्धित सामग्रीहरु
-
गाउँपालिकाको केन्द्र नसार्न सर्वोच्चको अन्तरिम आदेश
रुकुम पश्चिम, वैशाख ७ – त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको केन्द्र सार्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
-
स्थापनाकै दिन फुट्यो राजपा नेपाल
काठमाडौं, वैशाख ७ – राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ ।
-
शान्तिपूर्ण प्रदर्शनलार्इ बञ्चित गरेर सरकार तानाशाही बन्न खाेज्यो : विवेकशील साझा
काठमाडौं, वैशाख ७ – सरकारले शान्तिपूर्ण प्रदर्शनलाई बञ्चित लगाउने गरी निषेधित क्षेत्र घोषणा गरेको भन्दै विवेकशील साझा पार्टीले विरोध जनाएको छ ।
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौं, वैशाख ७ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठक स्थगित भएको छ ।
-
पत्रकार महासंघमा तालाबन्दी
काठमाडौं, वैशाख ७ – नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विभिन्न संघसंस्थाले तालाबन्दी गरेका छन् ।
-
उत्तर र दक्षिण कोरियाबीच टेलिफोन हटलाइन स्थापना
वैशाख ७ – अमेरिका र उत्तर कोरियाको वार्ता हुनुभन्दा केही दिन अगाडि उत्तर कोरिया र दक्षिण कोरियाले टेलिफोन हटलाइन स्थापना गरेका छन् ।
- गाउँपालिकाको केन्द्र नसार्न सर्वोच्चको अन्तरिम आदेश
- स्थापनाकै दिन फुट्यो राजपा नेपाल
- दुर्लभ पाटेबाघ मर्याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
- टाइम म्यागेजिनको प्रभावशाली सय व्यक्तिको सूचीमा दीपिका पादुकोण
- राष्ट्र बैंकको सीमा निर्धारण : प्रविधिको जमानामा परम्परागत काम
- तेह्रथुममा पनि खुल्यो समता स्कुल
- वेंगरले आउँदो सिजनमा आर्सनल छाड्ने
- पाकिस्तानका अभिनेता जफरविरुद्ध यौन दुर्व्यवहार आरोप
- शान्तिपूर्ण प्रदर्शनलार्इ बञ्चित गरेर सरकार तानाशाही बन्न खाेज्यो : विवेकशील साझा
प्रतिक्रिया दिनुहोस