MENU

राजनीति

Ncell Axiata
NIC Asia

भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण

 

काठमाडौं, असार ५ – निर्वाचन आयोगले दोस्रो चरणको चुनावको लागि उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । आइतबार भएको उम्मेदवारी मनोनयन दर्तामाथि सोमबार परको दाबी विरोधको छानबिन पछि उम्मेद्वारको नामावली सार्वजनिक गरिएको हो । 

उम्मेदवारी फिर्ता लिन चाहनेलाई मंगलबारको समय दिइएको छ । उम्मेदवारी फिर्ता पछि मंगलबार नै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र चुनाव चिन्ह वितरण गरिनेछ । 

आगामी १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावका लागि ३ वटा प्रदेशका ३ सय ३४ वटा स्थानीय तहमा १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । आयोगको अनुसार झण्डै चार गुणा बढी उम्मेदवारी परेको छ । दलहरुले शनिबारदेखि नै चुनावी कार्यक्रम गरिरहेको भए पनि मनोनयनपत्र दर्ता र नामावली सार्वजनिक भएसँगै प्रचारप्रसार र कार्यक्रम झनै बढेको छ । चुनावको विरोधमा रहेका राजपा र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले समेत केही ठाउँमा स्वतन्त्र उम्मेदवारी दिँदा चुनावको उत्साह बढेको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाँदरमुढे घटना : प्रचण्डले त माफी मागे, माडीबासीले माफी दिए त !?

    काठमाडौं, मंसिर २६ –पात्रोको पाना पल्टिँदै जाँदा घाउमा खाटा बस्छन् र हराउँछन् खाटाको आकार पनि । भुल्दै जानु मान्छेको बानी हो । यही बानीले दिएको छ मान्छे अघि बढ्ने आँट, पीडाबाट माथि उठ्ने र नयाँ दैनिकी सुरु गर्ने शक्ति पनि ।

  • स्याङ्जाको प्रदेशसभा १ ख मा एमालेका मिनप्रसाद गुरुङ विजयी

    स्याङ्जा, मंसिर २६– स्याङ्जाको प्रदेशसभा १ ख मा नेकपा एमालेका मिनप्रसाद गुरुङ विजयी हुनुभएको छ ।

  • चन्द्र भण्डारीले चुनाव किन हारे ?

    गुल्मी, मंसिर २६ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रतिनिधिसभा चुनावमा गुल्मी क्षेत्र नं. १ बाट हार व्यहोर्नु परेको छ । उहाँलाई नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले हराउनुभएको हो । संविधानसभा चुनावमा ज्ञवालीलाई पराजित गरेका भण्डारीले यसपाली नतिजा आफ्नो पक्षमा पार्न सक्नु भएन ।

  • गुल्मीमा समानुपातिक तर्फ एमाले अगाडि

    गुल्मी, मंसिर २६ – गुल्मीमा समानुपातिक तर्फको मतगणना सकिएको छ । एमालले कुल ६० हजार ६२ मत ल्याएर पहिलो बनेको छ । नेपाली काँग्रेसले कुल ४५ हजार ५ सय ४४ मत ल्याएको छ । माओवादीले ९ हजार ३ सय ८० मत ल्याएको छ ।

  • कैलाली २ मा रोकिएको मतगणना सुरु

    कैलाली, मंसिर २६ – प्रतिनिधिसभा सदस्य तर्फ कैलाली क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । विवाद समाधान भएपछि रोकिएको मतगणना चलिरहेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया